१८ बैशाख २०८१, मंगलबार
30-04-2024 , Tue
×

पुरानो घाउमा आकाश र पूजाको जोडी

Logo
प्रकाशित शनिबार, माघ २४, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं ,२४ माघ । एउटा नयाँ चलचित्रको छायांकनमा रहेका अभिनेता आकाश श्रेष्ठले चलचित्र छायांकनबाट समय निकालेर एउटा नयाँ गजलको भिडियोमा मोडलिङ गरेका छन् ।

उनले अभिनेत्री अभिनेत्री पूजा शर्मासँग नयाँ गजल ‘पुरानो घाउ‘’को भिडियोमा अभिनय गरेका हुन् । यो गजलको भिडियो बिहीबार रिलिज गरिएको हो । आधा दर्जनभन्दा बढी चलचित्रमा लगातार जोडी बनेका आकाश र पूजा यो भिडियोमा पनि युगल रूपमा प्रस्तुत भएका हुन् ।

भिडियोमा पूजालाई निकै आकर्षक तरिकाले तारिएको छ । गीतमार्फत गीतकारले प्रेमीले प्रेमीकालाई पुराना प्रेमका याद भुलाएर जिन्दगी नयाँ तरिकाले अगाडि बढाएर सुखमय बनाउन भिडियोबाट प्रेरणा दिइएको छ । यो गजल निकै कर्णप्रिय भएकाले आफूले मोडलिङ गरेको अभिनेता आकाशले बताएका छन् । केही महिनायताबाट जोडीको रूपमा अभिनेत्री पूजा र अभिनेता आकाशले थुप्रै गीतको भिडियोमा अभिनय गरेका छन् ।

यो गजललाई गायिका अञ्जु पन्तले गाएकी हुन् । गजल पुरानो घाउलाई चन्द्र प्रसार्इं ‘परिस्कृत’ले लेखेका हुन् । सन्तोष श्रेष्ठले संगीत भरेको गजल माधुर्य बनेको छ । गजल सुन्दा आनन्द लाग्छ । गजलमा विष्णु अधिकारीको एरेन्ज, विश्व अधिकारीको रेकडिङ, मिक्सिङ र मास्टरिङ छ ।

इनाक्षी इन्टरटेनमेन्टले निर्माण गरेको भिडियोमा देवेन्द्र पान्डेको निर्देशन, उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । आमचुनाव २०७९ यता मधेशमा बलियो पार्टीको रुपामा स्थापित भएको जनमत पार्टीप्रति जनताको आकर्षण झन् झन् बढ्दै गएको छ । डा.सीके राउतले नेतृत्व गरेको सो पार्टीमा आमचुनाव यता प्रवेश गर्नेहरुको लर्को नै लागेको छ भने सो क्रम अझै रोकिएको छैन । जनता समाजवादी पार्टी(जसपा), लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा), नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र […]

न्यूजमधेश डेस्क काठमाडौं ,२९ भाद्र। बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज मनी लन्ड्रिङ मामलामा फस्दै गएकी छन् । सुकेश चन्द्रशेखरले जेलबाटै करिब २०० करोड रुपैंयाँको चन्दा असुली गरेपछि ज्याकलिनलाई पनि यो मामलामा जोडिएको छ । प्रहरीले ज्याकलिनलाई सुरेशको प्रेमी दाबी गर्दै आएको छ । यही परिप्रेक्ष्यमा दिल्ली प्रहरीले ज्याकलिनका लागि लामो प्रश्नको सूची तयार पारेको छ । […]

न्यूजमधेश डेस्क काठमाडौं,१ भाद्र । बलिउड जोडी विपासा बासु र करणसिंह ग्रोबरले आफूहरुले पहिलो सन्तानलाई स्वागत गर्न लागेको घोषणा गरेका छन् । इन्स्टाग्राममा बेबीबम्पको तस्वीर सेयर गर्दै उनीहरुले आफूहरु दुईबाट तीन जना बन्न लागिरहेको भन्दै खुसी बाँडेका हुन् । तस्वीरमा सेतो सर्टमा विपासा देखिएकी छन् भने करणले उनको बेबीबम्पलाई चुम्बन गरेका छन् । सन् २०१६ […]