२५ बैशाख २०८१, मंगलबार
07-05-2024 , Tue
×

व्यवस्थापनका विद्यार्थीलाई शैक्षिक मेला

Logo
प्रकाशित आइतबार, माघ २५, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं,२५ माघ । व्यवस्थापन विषयमा शैक्षिक संस्था छनोटका लागि एकै थलोबाट सहजरुपले परामर्श सेवा प्रदान गर्ने उद्देश्यले दुईदिने शैक्षिक मेला ‘टेक्सास म्यानेजमेन्ट एण्ड आइटी एक्सपो’ आयोजना गरिएको छ ।

शैक्षिक परामर्श सेवा दिँदै आएको युनिभर्सल थट कन्सल्ट युटिसीले कमलादीस्थित प्रज्ञा भवनमा आयोजना गरेको मेलामा काठमाडौँका व्यवस्थापन सङ्काय अध्यापन गराउने ३१ कलेज सहभागी छन् ।

मेलाको उद्घाटन गर्दै त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायका सहायक डीन प्रोफेसर डा ध्रुुव गौतमले व्यवस्थापनमा राम्रो र गुणस्तरीय शैक्षिक संस्था छनोट गर्न यस्ता कार्यक्रम उपयोगी हुने बताउनुभयो । उहाँले विद्यार्थीलाई राम्रो विद्यालय छनोटका साथै आगामी दिनमा रोजगारका लागि पनि युवा पुुस्तालाई अभिप्रेरित गर्ने बताउनुभयो । सहायक डीन गौतमले यस्ता इभेन्ट कलेज भर्ना अगाडिभन्दा अन्य समयमा पनि रोजगार प्रदान गर्न सहयोगीको भूमिका खेल्न सकोस् भनी शुभकामना व्यक्त गर्नुभयो ।

राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेश सिलवालले भोलिका दिनमा युटिसीसँग सहकार्य गरी असल तथा जेहेन्दार विद्यार्थीलाई गुणस्तरीय शिक्षा र विभिन्न व्यवस्थापन सङ्कायमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि छात्रवृत्तिको सहयोग गर्ने वचन दिनुभयो । युटिसीका निर्देशक प्रकाश ढकालले व्यवस्थापन सङ्कायमा अध्ययन गर्न चाहने १० जोड दुुई पास गर्न सफल विद्यार्थीका लागि शैक्षिक गन्तव्य पहिचान गर्न सहजीकरण गर्ने उद्देश्यले पाँच वर्षदेखि मेला आयोजना गर्दै आएको जानकारी दिनुभयो ।

कार्यक्रममा विद्यार्थीले मनोरञ्जनात्मक खेलकूद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी रौनकता थपेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । आमचुनाव २०७९ यता मधेशमा बलियो पार्टीको रुपामा स्थापित भएको जनमत पार्टीप्रति जनताको आकर्षण झन् झन् बढ्दै गएको छ । डा.सीके राउतले नेतृत्व गरेको सो पार्टीमा आमचुनाव यता प्रवेश गर्नेहरुको लर्को नै लागेको छ भने सो क्रम अझै रोकिएको छैन । जनता समाजवादी पार्टी(जसपा), लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा), नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र […]

न्यूजमधेश डेस्क काठमाडौं ,२९ भाद्र। बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज मनी लन्ड्रिङ मामलामा फस्दै गएकी छन् । सुकेश चन्द्रशेखरले जेलबाटै करिब २०० करोड रुपैंयाँको चन्दा असुली गरेपछि ज्याकलिनलाई पनि यो मामलामा जोडिएको छ । प्रहरीले ज्याकलिनलाई सुरेशको प्रेमी दाबी गर्दै आएको छ । यही परिप्रेक्ष्यमा दिल्ली प्रहरीले ज्याकलिनका लागि लामो प्रश्नको सूची तयार पारेको छ । […]

न्यूजमधेश डेस्क काठमाडौं,१ भाद्र । बलिउड जोडी विपासा बासु र करणसिंह ग्रोबरले आफूहरुले पहिलो सन्तानलाई स्वागत गर्न लागेको घोषणा गरेका छन् । इन्स्टाग्राममा बेबीबम्पको तस्वीर सेयर गर्दै उनीहरुले आफूहरु दुईबाट तीन जना बन्न लागिरहेको भन्दै खुसी बाँडेका हुन् । तस्वीरमा सेतो सर्टमा विपासा देखिएकी छन् भने करणले उनको बेबीबम्पलाई चुम्बन गरेका छन् । सन् २०१६ […]