१८ बैशाख २०८१, मंगलबार
30-04-2024 , Tue
×

दुई सय पर्यटकीय गन्तव्य छनौट, ६ अर्ब ८० करोड बजेट विनियोजन

Logo
प्रकाशित शनिबार, फाल्गुण ०१, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं, १ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक र विदेशी पर्यटकलाई गाउँगाउँसम्म पुर्‍याउने उद्देश्यले देशभरका दुई सय पर्यटकीय गन्तव्यमा भौतिक पूर्वाधार विकास गर्ने भएको छ ।

केन्द्रदेखि स्थानीय तहसम्मको अर्थतन्त्रमा योगदान पुर्‍याउनेलगायत लक्ष्य राखेर भदौमा मन्त्रालयले देशभरका स्थानीय तह तथा प्रदेश सरकारसँग ओझेलमा परेका पर्यटकीय गन्तव्यको साझेदारीमा विकास गर्न प्रस्ताव आह्वान गरेको थियो । उक्त सूचनाका आधारमा मन्त्रालयमा प्राप्त ७१३ वटा आयोजनामध्ये छानिएका दुई सय आयोजनाको सूची शुक्रबार सार्वजनिक गरिएको हो ।

यी आयोजनाबाट प्रतिवर्ष एक अर्ब थप आम्दानी हुने भनिएको छ । सरकारले छानेका आयोजनामा प्रायः पार्क, पिकनिक स्थल, मन्दिर, पर्यटकीय गन्तव्यसम्म पुग्ने सडक, पदमार्ग, सपिङ कम्प्लेक्स, साइकल ट्र्याक, संग्रहालय, पिकनिक स्पट, गुम्बा, स्मृति पार्क, फनपार्क आदि छन् ।

यी स्थलमा मन्त्रालयले स्थानीय तहको साझेदारीमा एक वर्षदेखि तीन वर्षसम्म पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास गर्नेछ । यी आयोजनाका लागि केन्द्रीय सरकारले ६ अर्ब ८० करोड बजेट विनियोजन गरेको मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिएका छन् ।

यसमा स्थानीय तहले थप ३० प्रतिशतसम्म अतिरिक्त बजेट थप्नुपर्नेछ । यी आयोजना सञ्चालनका क्रममा ५ लाख ४० हजारले प्रत्यक्ष रोजगारी प्राप्त गर्ने अपेक्षा छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

काठमाडौं। अल नासेर ओभरसिजले दुईदेखि तीन लाख रुपैयाँसम्म लिएर कतारको इमदाद अलक्युबिदा कम्पनीमा पठाएका ५५ नेपाली कामदार भोकभोकै अलपत्र परेका छन् । जसमा महिलासमेत छन् । कम्पनीले तलब नदिनुका साथै खाने व्यवस्थासमेत नगर्दा उनीहरूको बिजोग भएको हो । उनीहरूलाई कम्पनीले ३ देखि ५ महिनासम्मको तलब दिएको छैन । दोहास्थित नेपाली दूतावासले खानाको व्यवस्था गर्न अल नासेर ओभरसिज र इमदाद […]

जनकपुरधाम । गृहमन्त्री तथा राष्ट्रीय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज जनकपुरधाम आइपुगेका छन् । केहिबेर अगाडी जनकपुर विमानस्थल आइपुगेका गृहमन्त्री लामिछानेलाई सुरक्षा अधिकारी र पार्टीका नेता कार्यकर्ताहरु स्वागत गरेका हुन् । विमानस्थलबाट उनी सिधा होटल सिताशरण पुगेका छन् । बुधवार तीनै सुरक्षा निकायका अधिकारीहरुसंग प्रदेशको सुरक्षा अबस्थाबारे उनी छलफल गर्ने कार्यक्रम छ । यस्तै […]