२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

कोही लोकतन्त्रवादीहरु चुनावबाट भाग्न सक्दैन : मन्त्री साह

Logo
प्रकाशित शनिबार, फाल्गुण ०८, २०७७

न्यूजमधेश डेस्क
गौर, ८ फागुन । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का नेता तथा शहरी विकास मन्त्री प्रभु साहले कोहि पनि लोकतन्त्रवादीहरु चुनावबाट भाग्न नसक्ने बताएका छन् ।

आज रौतहटको बौधीमाई नगरपालिकाको सरमुजवामा नवनिर्मित स्वास्थ्य चौकीको भवन उदघाटन गर्दै मन्त्री साहले लोकतन्त्रलाई मान्ने सबै पक्षलाई चुनाव सफल पार्नका लागि आह्वान गरेका छन् । मन्त्री साहले कुनै पनि हालतमा बैशाख १७ र २७ गते प्रतिनिधिसभाको चुनाव हुने भन्दै तयारीमा जुट्न नेकपा कार्यकर्तालाई निर्देश दिएका छन् ।

चुनाव हुन दिनौ भन्नेहरु, चुनावमा पराजित भएर पनि सोही पदको लालसा राखी षड्यन्त्र गर्नेहरु, संघर्षको बेला राजाको पाउँमा दाम चढाउनेहरु, न्यायालयमाथि दबाब दिनेहरुले आफुलाई लोकतन्त्रवादी भनेर हिड्नु हास्यास्पद भएको मन्त्री साहको भनाइ छ । लोकतन्त्रको रक्षाका लागि आगामी चुनावमा जनताले मतदान गर्नुको अर्को कुनै विकल्प नरहेको मन्त्री साहले बताए ।

ञतपाईंहरु देख्नसक्नुहुन्छ, आज एकथरीले आफुलाई लोकतन्त्रवादी भनेर भन्दै हिडेका छन्, तर तीनै मान्छेले चुनाव हुन दिन्नौ भन्दैछन् । म भन्न चाहन्छु, कोही पनि लोकतन्त्रवादीहरु चुनावबाट कसरी भाग्न सक्छ रुझ मन्त्री साहले भने, ञस्वतन्त्र न्यायालयमाथि दबाब दिनेहरु, चुनाव गर्नै नदिने भन्नेहरु, विगतमा लोकतन्त्रका लागि संघर्षको समयमा राजाको पाउमा दाम चढाउनेहरु, चुनावमा पराजित भएर पुनः सोही पदमा पुग्न षड्यन्त्र गर्नेहरुले लोकतन्त्रको रक्षा गर्छु भन्न्नुभन्दा हास्यास्पद के हुन सक्छ ।

म भन्न चाहन्छु जो कोही पनि असली लोकतन्त्रवादी हो भने उसले चुनावबाट जनताको मतादेश लिनुको विकल्प देख्न सक्दैन । कमरेडहरु, जनतालाई भ्रममा पार्नेहरुलाई निस्तेज गर्दै लोकतन्त्रको रक्षाको लागि चुनावको तयारीमा लाग्नुसझ मन्त्री साहले थपे, ञबैशाख १७ र बैशाख २७ गते जुनसुकै हालमा निर्वाचन हुन्छ । सरकार चुनावमार्फत ताजा जनादेशद्वारा देशलाई नयाँ दिशा दिन चाहन्छ ।

कार्यक्रममा प्रदेश सांसद कुन्दन कुश्वाहा, नेकपाका प्रदेश सदस्यहरु त्रिभुवन साह ‘अमर’ एवम् मनोज यादव, नेता किरण साह, कटहरीया नगरपालिकाका प्रमुख सियाराम कुश्वाहा, शैलेन्द्र साह, चन्देश्वर बैठा लगायतको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टी मधेस प्रदेश संसदीय दलको बैठक बस्न लागेको छ। जनकपुरधामको भानु चौकस्थित रहेको पार्टीको सचिवालयमा पार्टी अध्यक्ष डा.सीके राउतको उपस्थितिमा बैठक बस्न लागेका हुन् । आज बिहान ९ बजेको लागि मधेस प्रदेशका समसामयिक राजनीतिक विषय बस्तुमा छ्लफलको लागि बैठक बोलाएको पार्टीका राष्ट्रिय सचिव तथा प्रदेश सांसद संजय यादवले बताए ।

जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले आज धनुषाको औरही आइरहेको छ। अध्यक्ष डा.राउतले धनुषाको औरही गाउँपालिका-५ स्थित चक्कर जाने बाटोमा जनमत पार्टी धनुषाले आयोजना गरेको पार्टी प्रवेश तथा जनसभालाई उनले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीमा केन्द्रिय कार्यकारिणी सदस्य रेखा मण्डलले जानकारी दिए । महिला नेतृ मण्डलकी अनुसार आज शुक्रबार २ बजेबाट पार्टी प्रवेश […]