२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

धनुषामा मेयर विरुद्ध विद्यार्थी र शिक्षक आन्दोलन गर्दै के छ कारण ( पूरा न्यूज हेर्नुस् )

Logo
प्रकाशित बिहिबार, आषाढ १२, २०७६

जनकपुरधाम,असार १२ गते । नेपाल सरकारले नमूना विद्यालय घोषण गरेको धनुषाको विदेह नगरपालिका.६ तिनकौरिया चौकस्थित रहेका श्री जनता नमूना माध्यमिक विद्यालयका शिक्षकसँगै विद्यार्थी पनि आन्दोलित भएको छ। बुधबार हुलाकी राजमार्ग अवरुद्ध पारेर त्यहाँका मेयर बेचन दासविरुद्ध नाराबाजी गरेका थिए।

विगत सात महिना देखि तलब नपाएको भन्दै शिक्षकहरु तीन चारदेखि ‘पेन डाउन’ गर्दै आरहेको छ । जसका कारण पठन पाठन नभएपछि विद्यार्थीले पनि आन्दोलन सुरु गरेका छन् । हुलाकी सडकमा टायर बालेर सडक अवरुद्ध गर्दा तीन घण्टासम्म यात्रु अलपत्र परे थिए । सडक अवरुद्ध गरेपछि विद्यार्थीले नगरपालिका पनि घेराउ गरेका थिए।

विद्यार्थीले शिक्षकको तलब निकासा गर, पठन पाठन सुचारु गर, मेयर दास मुर्दाबाद जस्ता नारा लगाएका छन् । विद्यार्थीहरुले नगरपालिकामा ढुंगामुढा गर्न थालेपछि केहीबेर अवस्था तनावग्रस्त बनेको थियो । आक्रोशित विद्यार्थीले विद्यालयमासमेत तोडफोड गर्नुका साथै मयेर दासको गाडी घेरेका थिए । विद्यार्थी र शिक्षकको आन्दोलनमा ४ वडाअध्यक्ष बिनोद गोहितमा र वडा सदस्यलेसमेत समर्थन जनाएका छन्।

यता मेयर दासले भने प्रधानाध्यापक पवन मण्डल र शिक्षक ब्रह्मदेव यादब बाहेक सबैको तलब निकासा गरिसकेको दावी गरेका छन् । ‘प्रधानाध्यापक मण्डलको काज सरुवा यही नगरपालिका–२ स्थित शंकर माध्यमिक विद्यालयमा गरेको हो। उसैले विद्यार्थीलाई उचाल्ने काम गरेकोको छ’, मेयर दासले भने, ‘त्यसैले यी दुई जनाको तलब पठाएको छैन । बाँकी सबैको पठाइसकेको छु ।’

त्यसैगरी प्रधानध्यापक मण्डलले भने विद्यालयमा ५१ शिक्षक कार्यरत रहे पनि करिब ३० जनाको तलब मात्रै पठाएको दावी गरे । ‘आगोमा घिउ हाल्दा निभ्छ रु ३० जना शिक्षकको मात्र तलब पठाएपछि कसरी विद्यालय चल्छ रु,’ उनले मेयर दास माथी प्रश्न समेत गरेका छ्न।

काज सरुवा गरेकोबारे आफूले जानकारी नपाएको उनले बताए । सबै शिक्षकको तलब नपठाएसम्म विद्यालय सञ्चालनमा नआउने उनको भनाई छ ।

यता, विद्यार्थीहरुले मेयर दासले विद्यालयको वातावरण विगारेको आरोप लगाएका छन् । विद्यालयको पठनपाठन सुधार गरेका मण्डललाई मेयरले अन्यत्र पठाउन खोजेको आरोप उनीहरुको छ।

छात्रवृत्तिसहित विभिन्न शीर्षकका करोडौँ रुपैया रोकेपछि विवाद सुरु भएको एक अभिभावकले बताए । उनका अनुसार मेयर र प्रधानाध्यापकबीचको विवादको कारण विद्यार्थीहरुको भविष्यसंग घेलबार गरेको मेयर दासमाथी स्थानीय युवा बिपिन यादवले आरोप लगाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । जनकपुरधामको अक्षर विद्या मन्दिरले स्टाफको बालबालिकालाई नपढाउने गरेको रहस्य खुलेको छ । सोही विद्यालयमा चालक पदमा कार्यरत्त जनकपुरधाम उपमहानगरपालिका २ का सोमनाथ यादवको छोरालाई भर्ना लिन नमानेको हो । यादव चार महिनादेखि सोही विद्यालयमा कार्यरत्त छन् । तीन वर्ष पुगेका उनले छोरालाई नर्सरी भर्ना गराउन जाँदा विद्यालयका लेखापाल धमेन्द्र यादवले हप्काएर पठाएको उनले […]

जनकपुरधाम । धनुषाको एक विद्यालयले आफ्ना भिडियो डकुमेन्ट्री सार्वजनिक गरेको छ। जिल्लाको विदेह नगरपालिका-६ तिनकौरिया चोकस्थित श्री जनता नमूना माध्यमिक विद्यालयमा आयोजना एक कार्यक्रमबिच बिहिवार भिडियो डकुमेन्ट्री सार्वजनिक गरेको छ। सो कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष राधेश्याम गोइत यादवको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाइ धनुषाको प्रमुख चेत कुमार पोखरेलको प्रमुख अतिथ्यमा सम्पन्न भएको […]

काठमाडौँ । शिक्षा मन्त्री सुमना श्रेष्ठले सबै प्रदेशका शिक्षालाई प्राथमिकतामा राख्न आग्रह गरेकी छन् । मंगलबार सबै प्रदेशका शिक्षा हेर्ने मन्त्रालयहरूसँग छलफल गर्दै शिक्षामन्त्री श्रेष्ठले यस्तो आग्रह गरेकी हुन् । मन्त्री श्रेष्ठले नयाँ शैक्षिक सत्रमा नयाँ भर्ना, पाठ्यपुस्तक वितरण, छात्रवृत्ति वितरण तथा संस्थागत विद्यालयको शुल्क नियमनका लागि प्रदेश सरकारको समन्वय आवश्यक रहेको बताइन् । उनले […]