२५ बैशाख २०८१, मंगलबार
07-05-2024 , Tue
×

बालक अपहरण आरोपमा बुबा र मामा पक्राउ

Logo
प्रकाशित आइतबार, फाल्गुण ०९, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,९ फागुन । बालक अपहरण गरेको आरोपमा प्रहरीले धनुषामा बालकको बुबा, मामासँगै तीन जनालाई पक्राउ गरेको छ।

प्रहरीले नगइराइन नगरपालिका – ६ जटहीका रमेश दास, मामा लक्षेश्वर दास र अर्का एक जनालाई पक्राउ गरेको हो।

उनीहरूलाई पत्रकार सम्मेलन गरी आज सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

रमेशका सात वर्षीय छोरा चन्दन हिजो दिउँसो १ बजेपछि हराएका थिए। साँझ भने नचिनेका मान्छेले फोनबाट बच्चा अपहरणमा परेको भन्दै बालकको परिवारसँग फिरौती एक करोड मागेको खबर जिल्ला प्रहरी कार्यालय धनुषामा पुग्यो।

लगत्तै खटिएको टोलीले बालकलाई जनकपुरधामस्थित एक होटलबाट उद्धार गरेको २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक कृष्ण प्रसाइले बताए। उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम ।मधेश प्रदेशमा जसपा नेपाल संसदीय दलको बैठकले प्रदेशसभाको अवरोध हटाउन जनमत पार्टीसँग संवाद गर्ने र जसपा नेपाललाई एकढिक्का बनाएर अगाडि बढ्ने निर्णय गरेको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बोलाएको जसपा नेपाल संसदीय दलको बैठकमा जनमत पार्टीले अवरुद्ध गर्दै आइरहेको प्रदेशसभा बैठक सञ्चालन गर्न पहल गर्ने सहमति भएको प्रदेश सांसद रामअशिष यादवले बताए […]

काठमाडौं । जनमत पार्टीले विदेशमा रहेका नेपालीहरुलाई आम निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था मिलाउन माग गरेको छ । पार्टीका अध्यक्ष डा.सीके राउतले मंगलबार परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै प्रवासी नेपालीहरुलाई मतदान गर्न पाउने व्यवस्थाको तयारी तत्कालै सुरु गर्न आग्रह गरेका छन् । ‘प्रवासी नेपालीहरूले गर्दा वार्षिक झण्डै १५ खर्ब विप्रेषण आय प्राप्त हुने गरेको […]

जनकपुरधाम । जनमत पार्टी मधेश प्रदेश संसदीय दलको नेता  तथा पुर्वमन्त्री महेश प्रसाद यादवको नाममा नक्कली फेसबूक अकाउन्ट बनाएर विभिन्न व्यक्तिसंग पैसा माग्दै गरेको छ। पछिल्लो समय सामाजिक सञ्जालमार्फत हुने ठगी धन्दा बढ्दै गइरहेको देखिएको छ । विभिन्न जालझेल, प्रलोभन तथा भ्रममा पारेर नक्कली प्रयोगकर्तालाई ठग्ने प्रवृत्ति मौलाउन थालेको हो । पुर्वमन्त्री यादवको नक्कली फेसबुक […]