२६ बैशाख २०८१, बुधबार
08-05-2024 , Wed
×

प्रदेश प्रमुख झालाई युवा संघले लगाइदियो १०१ किलोको माला

Logo
प्रकाशित आइतबार, फाल्गुण ०९, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,९ फागुन। प्रदेश २ को प्रमुखमा नियुक्त राजेश झा कार्यभार सम्हाल्न अस्थायी राजधानी जनकपुरधाम आएका छन् ।

आइतबार दिउँसो जनकपुरधाम आएका उनलाई नेकपा केपी ओली समूहका युवाहरुले विमानस्थलमा स्वागत गरेका छन् । ओली समूहको राष्ट्रिय युवा संघका उपाध्यक्ष सञ्जीब झासहितको टोलीले प्रदेश प्रमुख झालाई १ सय १ किलोको माला लगाएर स्वागत गरे ।

ओली समर्थित युवाहरुले प्रदेश प्रमुख जिन्दावाद, प्रधानमन्त्री जिन्दावाद नारा लगाएका छन् । सपथ लिने बेला दौरा, सुरुवाल र टोपी पहिरिएका झा जनकपुरधाम झरेपछि कुर्ता, पाइजामा र गम्छामा देखिए ।

उनलाई प्रदेश सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज कुशवाह स्वागतका लागि विमानस्थल गएका थिए । उनले विशिष्ट कक्षमा झालाई स्वागत गरे ।

यसअघि तिलक परियार प्रदेश प्रमुख बनेर आएपछि मुख्यमन्त्री लालबाबु राउतसहित केही मन्त्री आफैं स्वागतका लागि विमानस्थल पुगेका थिए ।

प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले झालाई स्वागत नगर्ने यसअघि नै बताइसकेका थिए ।

प्रदेश प्रमुखको रुपमा आएका झा विमानस्थल हुँदै जानकी मन्दिरमा पुगेर पूजापाठ गरेका छन् । पूजापाठ पश्चात उनी आफ्नो निवास जाने कार्यक्रम रहेको छ ।

प्रदेशका प्रमुख तिलक परियारलाई पदमुक्त गरेर संघीय सरकारले गत शुक्रबार झालाई नियुक्त गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ। स्थानीय चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा आज बिहानैदेखि स्नान गर्नेको घुइँचो लागेको छ । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन दिवङ्गत आमाको सम्झनामा यहाँ मेला लाग्ने गरेको छ । कुण्ड परिसरमा दिवङ्गत आमाको स्मृतिमा तर्पण दिने तथा श्राद्ध गर्नेको पनि भीड लागेको छ । कुण्डमा आज माताको श्राद्ध तथा उहाँको सम्झनामा तर्पण एवं दान […]

जनकपुरधाम ‌। मधेशका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई सेवाग्राही बनेर महोत्तरीको जलेश्वरस्थित घरेलु कार्यालयको निरीक्षण गरेका छन् । कर्मचारीले काममा ढिलासुस्ती र घुस माग्ने गरेको गुनासो सेवाग्राहीबाट आएपछि मन्त्री भट्टराई निरीक्षणका लागि १० बजेर ९ मिनेटमै घरेलु कार्यालय पुगे । उनी कार्यालयमा प्रवेश गर्दा एक जना सहयोगी (कास) मात्र थिए । उनले कार्यालय […]

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले तत्काल सरकारबाट समर्थन कायमै राख्ने भएको छ । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटमा उपप्रधान तथा स्वास्थ्य मन्त्री समेत रहेका जसपाका अध्यक्ष यादवले सरकारलाई दिएको समर्थन कायम रहने बताएका हुन् । आफूले उपप्रधानमन्त्रीको हैसियतमा प्रधानमन्त्री ‘प्रचण्ड’सँग भेटेको र देशको समसामयिक तथा अमेरिका भ्रमणलगायतको विषयमा कुराकानी भएको यादवले बताएका […]