०७ जेठ २०८१, सोमबार
20-05-2024 , Mon
×

सामाजिक रुपान्तरण सरकारको प्राथमिकता : मुख्यमन्त्री राउत

Logo
प्रकाशित मंगलबार, फाल्गुण ११, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,११ फागुन । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सामाजिक रुपान्तरण प्रदेश सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ ।

जनता समाजवादी पार्टी, मिथिला बिहारी नगर समितिद्वारा आज मिथिलाबिहारी नगरपालिका–४ रमौलमा आयोजित मस्जिद शिलान्यास तथा पार्टी प्रवेश कार्यक्रममा मुख्यमन्त्री राउतले राज्यको उपेक्षाको सिकार भई समाजमा पछि परेका वर्ग समुदायलाई मूलधारमा ल्याउन प्रदेश सरकारले सामाजिक रुपान्तरणको अभियानलाई अघि बढाएको बताउनुभयो ।

प्रदेश सरकारले सञ्चालनमा ल्याएको ‘बेटी पढाउ बेटी बचाउ’ र आरक्षणको व्यवस्थाले सामाजिक रुपान्तरण भई सदियौँदेखि विभेदमा रहेका वर्ग राज्यको मूलधारमा ल्याउने विश्वाससमेत व्यक्त गर्नुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम ।जनमत पार्टी नेतृत्वमा मधेशमा प्रदेशमा नयाँ सरकार बनाउन पाँच दलबीच सहमति भएको छ । सरकारमा पाँच दलको सहभागिता सुनिश्चित गर्नेबारे सहमति भए पनि सरकारको आलोपालो नेतृत् वगर्ने क्रम र अवधि तथा मन्त्रालय बाँडफाँडलगायतका विषयमा अझै टुंगो लागेको छैन । जनमत पार्टीको नेतृत्वमा बनाइने सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र […]

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालबाट टुक्रिएर बनेको जसपाले पूर्वसांसद अशोककुमार यादवलाई मधेश प्रदेश संयोजक तोकेको छ । यादवलाई मधेश प्रदेश संयोजकको जिम्मेवारी दिइएको जसपाका महासचिव एवं स्वास्थ्यमन्त्री प्रदीप यादवले जानकारी दिए । उनका अनुसार प्रदेश संयोजक यादवलाई संगठनको कामकाज गर्ने पूर्ण जिम्मेवारी दिइएको छ । यादव २०७४ सालको निर्वाचनमा तत्कालीन जनता समाजवादी पार्टीबाट सर्लाही […]

जनकपुरधाम ।जनमत पार्टी मधेश प्रदेश संसदीय दलका नेता तथा पुर्व शिक्षामन्त्री महेश प्रसाद यादवले सप्तरीको दुईवटा विद्यालयको शैक्षिक भवनको शिलान्यास गरेका छन् । पुर्वमन्त्री यादवले रुपनी गाउँपालिका-३ स्थित रहेको माध्यमिक विद्यालय कटैयामा चार कोठे भवन र शम्भुनाथ नगरपालिका-२ खैरबोनास्थित रहेको आधारभुत विद्यालयमा दुई कोठे भवनको एक कार्यक्रमबीच शिलान्यास गरेका हुन् । पुर्वमन्त्री यादव मधेश प्रदेश […]