०८ जेठ २०८१, मंगलबार
21-05-2024 , Tue
×

लोकतन्त्रमाथि आघात : पूर्व राष्ट्रपति यादव

Logo
प्रकाशित शुक्रबार, फाल्गुण १४, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१४ फागुन । पूर्व राष्ट्रपति डा. रामवरण यादवले सम्पूर्ण राजनीतिक दललाई लोकतन्त्र मजबुत बनाउन विधि विधान अनुसार आगडि बढन आग्रह गरेका छन्।

गान्धिवादी नेता महेन्द्रनारयाण निधिको ९९औँ जन्मजयन्तीको अवसरमा बोल्‍दै उनले भने, ‘राजनीतिक दलहरु विधि विधान अनुरुप चल्न नसकेकै कारण लोकतन्त्रमाथि पटक पटक प्रहार हुँदै आइरहेको छ।’

पूर्वराष्ट्रपति यादवले राजनीतिक पार्टीहरु आफ्नो विधि विधान अनुसार नचलेको कारण नेपालमा लोकतन्त्रमाथि आघात पुगेको बताए। उनले भने, ‘ कुनै पनि दल विधान अनुरुप चल्न नसकेको छैन। नेपाली कांग्रेस, कम्युनिष्ट पार्टी र मधेशवादी दलमध्ये कोही पनि विधान अनुसार नचलेकै कारण लोकतन्त्रको जग कमजोर हुँदै गइरहेको छ।’

पूर्वराष्ट्रपति यादवले जसरी निधि एउटै विचारलाई समातेर जीवनपर्यन्त लडिरहे त्यस्तै अगाडी बढी रहे भने नेपालको लोकतन्त्रले समृद्धि पाउने विश्वास व्यक्त गरे। उनले भने, ‘लोकतन्त्रको रक्षा गर्ने जिम्मा राजनीतिक दल, निर्वाचन आयोग, नागरिक समाजको हो। तर बिडम्बना अहिलेसम्म सबैमा राजनीति भित्रिएको छ। ‘

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम ।जनमत पार्टी नेतृत्वमा मधेशमा प्रदेशमा नयाँ सरकार बनाउन पाँच दलबीच सहमति भएको छ । सरकारमा पाँच दलको सहभागिता सुनिश्चित गर्नेबारे सहमति भए पनि सरकारको आलोपालो नेतृत् वगर्ने क्रम र अवधि तथा मन्त्रालय बाँडफाँडलगायतका विषयमा अझै टुंगो लागेको छैन । जनमत पार्टीको नेतृत्वमा बनाइने सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र […]

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालबाट टुक्रिएर बनेको जसपाले पूर्वसांसद अशोककुमार यादवलाई मधेश प्रदेश संयोजक तोकेको छ । यादवलाई मधेश प्रदेश संयोजकको जिम्मेवारी दिइएको जसपाका महासचिव एवं स्वास्थ्यमन्त्री प्रदीप यादवले जानकारी दिए । उनका अनुसार प्रदेश संयोजक यादवलाई संगठनको कामकाज गर्ने पूर्ण जिम्मेवारी दिइएको छ । यादव २०७४ सालको निर्वाचनमा तत्कालीन जनता समाजवादी पार्टीबाट सर्लाही […]

जनकपुरधाम ।जनमत पार्टी मधेश प्रदेश संसदीय दलका नेता तथा पुर्व शिक्षामन्त्री महेश प्रसाद यादवले सप्तरीको दुईवटा विद्यालयको शैक्षिक भवनको शिलान्यास गरेका छन् । पुर्वमन्त्री यादवले रुपनी गाउँपालिका-३ स्थित रहेको माध्यमिक विद्यालय कटैयामा चार कोठे भवन र शम्भुनाथ नगरपालिका-२ खैरबोनास्थित रहेको आधारभुत विद्यालयमा दुई कोठे भवनको एक कार्यक्रमबीच शिलान्यास गरेका हुन् । पुर्वमन्त्री यादव मधेश प्रदेश […]