०१ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

लोकतन्त्रमाथि आघात : पूर्व राष्ट्रपति यादव

Logo
प्रकाशित शुक्रबार, फाल्गुण १४, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१४ फागुन । पूर्व राष्ट्रपति डा. रामवरण यादवले सम्पूर्ण राजनीतिक दललाई लोकतन्त्र मजबुत बनाउन विधि विधान अनुसार आगडि बढन आग्रह गरेका छन्।

गान्धिवादी नेता महेन्द्रनारयाण निधिको ९९औँ जन्मजयन्तीको अवसरमा बोल्‍दै उनले भने, ‘राजनीतिक दलहरु विधि विधान अनुरुप चल्न नसकेकै कारण लोकतन्त्रमाथि पटक पटक प्रहार हुँदै आइरहेको छ।’

पूर्वराष्ट्रपति यादवले राजनीतिक पार्टीहरु आफ्नो विधि विधान अनुसार नचलेको कारण नेपालमा लोकतन्त्रमाथि आघात पुगेको बताए। उनले भने, ‘ कुनै पनि दल विधान अनुरुप चल्न नसकेको छैन। नेपाली कांग्रेस, कम्युनिष्ट पार्टी र मधेशवादी दलमध्ये कोही पनि विधान अनुसार नचलेकै कारण लोकतन्त्रको जग कमजोर हुँदै गइरहेको छ।’

पूर्वराष्ट्रपति यादवले जसरी निधि एउटै विचारलाई समातेर जीवनपर्यन्त लडिरहे त्यस्तै अगाडी बढी रहे भने नेपालको लोकतन्त्रले समृद्धि पाउने विश्वास व्यक्त गरे। उनले भने, ‘लोकतन्त्रको रक्षा गर्ने जिम्मा राजनीतिक दल, निर्वाचन आयोग, नागरिक समाजको हो। तर बिडम्बना अहिलेसम्म सबैमा राजनीति भित्रिएको छ। ‘

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]