१४ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

के नेकपा एमाले जसपासँग सत्ता समिकरण गर्दैछ ?

Logo
प्रकाशित मंगलबार, फाल्गुण २५, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं ,२५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकताबारे सर्वोच्च अदालतको फैसलासँगै नेपालको राजनीति थप तरंगित बनेको छ ।

संसद पुनर्स्थापनापछि केहि मत्थर बनेको राजनीति नेकपाको आधिकारिकता ऋषी कट्टेललाई दिने सर्वोच्चको निर्णयसँगै थप जटिल बनेको बेला जसपासँग सत्ता समिकरण गर्न नेकपा एमाले तयार रहेको बुझिएको छ ।

फागुन ११ गते संसद पुनर्स्थापना भएसँगै तत्कालिन प्रचण्ड नेपाल पक्ष नाम दिइएको नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल कांग्रेस, जसपा लगायतका दलहरुसँग सत्ता सहकार्य गरेर अघि बढ्ने भन्दै दौडधुपमा रहेका थिए ।

तर एकाएक नेकपाको आधिकारिकता कट्टेलको नाममा फैसला भएसँगै उनीहरु ९दाहाल९नेपाल० को उक्त दाउमा ब्रेक मात्र लागेको छैन, उनीहरुको दलसमेत अलग अलग भएको छ ।

सर्वोच्चको फैसलाले पूर्व एमाले र पूर्व माओवादी केन्द्र ब्यूँतिएको छ । जसअनुसार नेपाल पूर्व एमालेमा फर्किएका छन् भने प्रचण्ड पूर्व माओवादी केन्द्रका अध्यक्षका रुपमा रहेका छन् ।

पूर्व माओवादी केन्द्रले सरकारलाई दिने समर्थन फिर्ता लिने भएपछि यतिबेला एमालेहरु बहुमत पुर्याएर सरकार चलाउने खेलमा लागेका छन् । यसैक्रममा जनता समाजवादी पार्टी ९जसपा० सँग सहकार्य गरेर सरकार चलाउने विषयमा गृहकार्य भइरहेको बालुवाटारको उच्च स्रोतले जनाएको छ ।

हाल प्रतिनिधि सभामा नेकपा एमालेको सांसद् संख्या १२१, कांग्रेसको ६३, माओवादी केन्द्रको ५३, जनता समाजवादी पार्टीको ३४ सिट रहनेछ ।

जसमा एमालेका निर्वाचित ८० र समानुपातिक ४१ सांसद छन् । कांग्रेसका निर्वाचित २३ र समानुपातिका ४० सांसद छन् । माओवादी केन्द्रका निर्वाचित ३६ र समानुपातिक १७ सांसद छन् । भने जनता समाजवादी पार्टीका निर्वाचित २२ र समानुपातिक १२ गरी ३४ सांसद रहेका छन्।

एकिकरण पूर्णरुपमा बदर भएको भन्दै देशभरका पार्टी कार्यालयहरुमा नेकपाको झण्डा हटाउँदै एमाले र माओवादीको बोर्ड राख्न थालिएको छ ।

यसैक्रममा पूर्व एमालेको पार्टी कार्यालय धुम्बाराहीमा मंलगवार बिहान नेकपाको बोर्ड राखिएको छ । भने तत्कालिन माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादी केन्द्रको बोर्ड राखिने भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिरहा ,१५ भदौ । जनमत पार्टीले मिर्चैया नगरपालिकाको नगर कार्यसमितिको अध्यक्षको जिम्मेवारी अंजय कुमार साहलाई जिम्मेवारी दिएको छ । जनमतले शुक्रबार साहलाई नगर अध्यक्षको जिम्मेवारी दिएको हो । साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था मिर्चैयाका निर्वाचित अध्यक्षसमेत रहेका साह युवा नेताका रूपमा चर्चित र स्थापित छन् । नगर नेतृत्वको जिम्मेवारी पाएपछि साहले पार्टी अध्यक्ष […]

काठमाडौं,१२ भदौ । महोत्तरीको भंगाह नगरपालिकाका मेयर सञ्जिव साहले अश्लिलता प्रदर्शन गर्ने विवादित कार्यक्रम ‘आर्केस्ट्रा’को आयोजनास्थलमै एक युवालाई कुटपीट गर्दै मोबाइल खोसेका छन् । स्थानीय युवा रविन्द्र महत्तोले गाउँमा ‘आर्केस्ट्रा मेला’ लगाएको विषयमा प्रश्न गर्दै कार्यक्रममा उपस्थित मेयरको फोटो भिडियो खिच्न खोज्दा आक्रोशित बन्दै युवामाथि कुटपीटसहित मोबाइल खोसेर लगेका हुन् । ‘आर्केस्ट्रा’ जस्तो संवेदनशिल कार्यक्रम […]