१४ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

आत्मसमर्पण गरका यादव भन्छन्–,‘गोइत जी वार्तामा आउनुहुन्छ जस्तो लाग्दैन’

Logo
प्रकाशित मंगलबार, चैत्र ०३, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,३ चैत्र । करिब २० वर्ष भूमिगत आन्दोलनमा जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष जयकृष्ण गोइतलाई साथ दिए नेता रामविलाश यादव । मोर्चाले लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट गराउनुभन्दा केहि घण्टा अगाडी मात्र उनी जिल्ला प्रशासन कार्यालय सिरहामा आत्मसमर्पण गरेका थिए ।

उनी भन्छन्, ‘गोइत जी वार्तामा आउनुहुन्छ जस्तो लाग्दैन ।’ ‘स्वतन्त्र तराई राष्ट्रको एजेण्डा छाड्न गोइत जी तयार छैन,’ उनले सोमवार कुरा गर्दै भने, ‘तर संविधान र सरकार उहाँको एजेण्डा स्वीकार गर्दैन ।

त्यसैले उहाँ वार्तामा आउने सम्भावना छैन ।’ उनले जनताले साथ दिएमा तराई स्वतन्त्र राष्ट्र हुने पनि बताए । उनले आफु सार्वजनिक भए पनि शान्तिपूर्ण तरिकाले संघर्ष गरिरहने बताए । गोइतका विश्वासिलो नेता रहेका उनले भूमिगत रहेर मात्र क्रान्ति सफल नहुने भएकाले सेफ ल्याण्डिङ गरेको बताए । उनले भने, ‘कुनै पनि मुद्दाको निराकरण वार्ताको माध्यमले नै हुन्छ । जस्तो कि, विगतमा जनयुद्ध लडेका माओवादीको मुद्दा वार्ताबाटै समाधान भयो।

त्यसैले सार्वजनिक भएँ।’ ६३ वर्षीय उनले राजनीतिबाट सन्यास लिन सकिने भन्दै मुद्दा नछाडेको र आफ् नो मुद्दा सम्बोधन गराउने दलमा आवद्ध हुने वा अलग संगठन निर्माण गरेर संघर्ष गर्ने बताए । उनले जिल्ला प्रहरी कार्यालय सिरहामा आफूमाथि दर्ता रहेको मुद्दा सरकारले खारेज गर्ने विश्वास व्यक्त गरे।

‘औपचारिक रुपमा वार्ता सरकारसँग नभएपनि इन्टरनल कुरा भएको छ’, उनले भने, ‘हालै सरकारसँग वार्ता गरेका विप्लवको मुद्दासँगै मेरो मुद्दा पनि फिर्ता लिने आश्वासन मन्त्री लीलानाथ श्रेष्ठ ज्यूले दिनुभएको छ ।’ मोर्चाले लहानस्थित मालपोत कार्यालयमा गराएको बम विस्फोटलाई तत्कालै ठिक वा बेठिक भन्न नसकिने उनको भनाई छ ।

उनले आफू सार्वजनिक हुनुभन्दा एक वर्ष अगाडीदेखि गोइत जीसँग कुरा नभएको बताए । उनले भने, विज्ञप्ति नै जारी गररे त होइन, तर म पहिलेदेखि नै गोइत जीसँग सम्पर्कविहीन थिएँ।’ सिरहाका क्याम्पसका पूर्व प्राध्यापक समेत रहेका उनी मोआवादी जनयुद्ध पनि लडेका हुन् ।

माओवादी शान्तिप्रक्रियामा आएपछि मधेसको मुद्दा छाडेको भन्दै गोइतको नेतृत्वमा २०६१ सालमा उनी स्वतन्त्र तराई राष्ट्रको मुख्य मुद्दा बोकेर भूमिगत भएका थिए । उनी सार्वजनिक भएपछि प्रशासनको निगरानीमा छन् ।

  • टुडे एक्सप्रेसमा प्रकासित समाचार हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]