२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

डा सीके राउत नेतृत्वको पार्टीको वडा समिति गठन धमाधम हुँदै

Logo
प्रकाशित शनिबार, आषाढ १४, २०७६

रुपन्देही ,असार १४ गते। डा सीके राउत नेतृत्वको जनमत पार्टी विस्तार कार्यलाई तिव्रता दिइएका छ्न। रुपन्देही जिल्लामा वडा स्तरीय समिति गठन भएका छन।

शनिबार मर्चवारी गाउपालिका-४ स्थित रहेको राष्ट्रिय प्राथमिक विद्यालय खेराको प्राङ्गणमा शिव कुमार पालको नेतृत्वमा वडा स्तरीय प्रशिक्षण गरि वडा समिति गठन गरिएको छ।

प्रशिक्षकको रूपमा रुपन्देही जिल्लाको युवा नेता रामकेश गुप्ताले पार्टीको लक्ष्य ,उद्देश्य तथा रणनीतिको विषयमा जानकारी दिए त्यसैगरी संजय कुमार मिश्रले सूचनाको हक माग र भ्रष्टाचार मुक्त सम्बन्धित जानकारी गराई ५१ सदस्यीय जनमत पार्टी वडा समिति गठन गरिएको छ।

अध्यक्ष शिव कुमार पाल , उपाध्यक्ष नरायण यादव ,कोषाध्यक्ष दिलिप कुमार यादव,सचीव राहुल यादव,सदस्यीयहरु सुरेश यादव,सुशील यादव,शंशकला हरिजन ,जितेन्द्र यादव ,सुनिल मोर्या,श्याम लाल पाल लगाइत ५१ सदस्य समिति गठन गरिएको पार्टीका केन्द्रिय सदस्य भोपेन्द्र यादवले जानकारी दिए।

उक्त प्रशिक्षण कार्यक्रममा जनमत पार्टी रुपन्देही नेता रामकिसुन बारई र अकबर अलि अन्सारीको समेतको सहभागिता रहेको थिए।अन्तमा सम्पुर्ण समितिका पदाधिकारीलाई पद तथा गोपन्यताको र पार्टीको विधानप्रती पुर्णवफादार रहने रामकेश गुप्ताले सपथ गराएको थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । २९ वैशाखमा केन्द्रीय समितिको बैठक बोलाइएको छ । उपनिर्वाचनको समीक्षा, समसामयिक अवस्थाका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएको रास्वपाले जनाएको छ । ‘समग्र परिस्थितिको मूल्याङ्कन, चुनावको विश्लेषण लगायतका विषयमा छलफल हुन्छ,’ रास्वपाका एक नेताले भने । शुक्रबार सचिवालयको बैठक बोलाएको छ भने २४ […]

काठमाडौं। भारतीय जनता पार्टी (भाजपा) ले जारी लोकसभा निर्वाचनको अवलोकनका लागि नेपालसहितका विभिन्न १० देशका १८ राजनीतिक दलका प्रतिनिधिहरूलाई निम्ता दिएको छ । भाजपाका विदेश विभाग इन्चार्ज डा. विजय चौथाइवालेले आज जारी गरेको विज्ञप्तिमा नेपालका पाँच दललाई समेत निम्ता गरिएको उल्लेख छ । प्रमुख दल नेपाली काँग्रेस, सत्तारुढ दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय […]

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले उपनिर्वाचनको परिणामपछि यही व्यवस्थाले २०८४ मा पनि नयाँ कुरा नहुने संकेत गरेको टिप्पणी गरेका छन् । इलाम २ मा जनमत पार्टीले ११८ मत (०.१७ प्रतिशत मत) र रास्वपाले ७.३ प्रतिशत मत ल्याएको उल्लेख गरेका छन् । डा.राउतले आफ्नो फेसबुकमा लेखेका छन्, ‘कम भए पनि, अपेक्षाभन्दा फरक चाहिँ […]