१४ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

महिलालाई शिक्षित बनाउन आवश्यक रहेको : पूर्वराष्ट्रपति यादव

Logo
प्रकाशित शुक्रबार, चैत्र ०६, २०७७

न्यूजमधेश डेस्क
चितवन ,६ चैत्र । जबसम्म महिला शिक्षित हुदैन भने समाज शिक्षित हुदैन् पूर्वराष्ट्रपति डा रामवरण यादवले बताए ।उनले भने समाज शिक्षित हुनको लागि महिलालाई शिक्षित हुन् अति आवश्यक रहेको छ ।

शुक्रबार आयोजित मैयादेवी कन्या कलेज भरतपुरको देस्रो कलेजसभा तथा वार्षिकोत्सव कार्यक्रममा उहाँले यस्तो बताएका छन् । आजको युग महिलाको अशिक्षित भएको भन्दै महिलालाई शिक्षित बनाउन आवश्यक रहेको बताउनुभयो ।

ग्रामीण क्षेत्रमा रहेका मधेशी, दलित, जनजाति, मुस्लिम समुदायका महिला अझै अशिक्षित हुँदा समाजमा विकास हुन नसकेको भन्दै उहाँले भन्नुभयो, “दलित, मुस्लिम, मधेशी आदिवासी समुदायका बालिका अझै शिक्षाको पहुँचबाट बाहिर रहेका छन् ।

उनीहरुलाई शिक्षाको पहुँचमा पु¥याउन सके समुन्नत समाजको विकास हुन्छ ।” महिला शिक्षित भएका देश विकसित भएको भन्दै उहाँले शिक्षाले विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ भन्नुभयो । उहाँले भन्नुभयो, “महिलालाई शिक्षित बनाउन सके समाजमा भ्रष्टाचार न्यूनीकरणमा ठूलो योगदान पुग्छ ।” कन्या कलेजले महिलाको शिक्षामा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै यादवले शिक्षा विनाको समाजको अभ्यास गर्न नसकिने टिप्पणी गर्नुभयो । वाग्मती प्रदेशका पूर्वप्रदेश प्रमुख अनुराधा कोइरालाले विद्यालयस्तरमा नै महिला लक्षित शिक्षा दिनु आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “रोजगारीको सिलसिलामा विदेशिने महिला र नेपालमा नै रहेका महिला पनि असुरक्षित रहेका छन् । उनीहरुलाई लक्षित गरी विद्यालयस्तरबाटै शिक्षा दिनुपर्छ ।” समाजमा रहेको विकृति अन्त्यका लागि महिला शिक्षित हुन आवश्यक रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा कलेज परिसरमा संरक्षक मैयादेवी श्रेष्ठको अर्धकदको शालिक र सरस्वतीको मूर्ति अनावरण गरिएको थियो । सभामा कलेजका संस्थापक अध्यक्ष रामकृष्ण घिमिरे, कलेजका अध्यक्ष टङ्कनाथ पौडेल, कलेजका प्रमुख जेवी गुरुङलगायतले बोल्नुभएको थियो । सो अवसरमा कलेजलाई सहयोग गर्ने विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]