२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

डा राउत नेतृत्वको जनमत पार्टीको महाधिवेशन चैत्र २८ जनकपुरधाममा हुने

Logo
प्रकाशित मंगलबार, चैत्र १०, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,१० चैत्र । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले यही चैत २८ गते जनकपुरधामको बाह्रबिघा मैदानमा राष्ट्रिय महाधिवेशन गर्ने भएको छ ।

महाधिवेशनमा देशभरबाट ५ हजार प्रतिनिधि सहभागी हुने उक्त पार्टीले जनाएको छ । महाधिवेशनमा २५ हजार स्वयंमसेवक परिचालन हुने र विदेशका अतिथिहरु समेत सहभागी हुने बताइएको छ ।

महाधिववेशनमा सहभागी हुने प्रतिनिधिले अनिवार्य रुपमा पार्टीको सदस्यता घाँटीमा झुण्ड्याएको हुनुपर्ने र स्वयंमसेवकले अनिवार्य एक सय रुपैयाँ सहयोग गर्नुपर्ने निर्देशन दिइएको छ ।

महाधिवेशनमा सहभागी हुनका लागि चैत १५ गतेभित्र वडा तथा पालिका अधिवेशनहरु सम्पन्न गरिसक्न पनि निर्देशन दिइएको छ । डा. राउतले जारी गरेको मार्गनिर्देशमा भनिएको छ, ‘चैत १५ गतेपश्चात प्राप्त हुने अधिवेशन प्रतिनिधिहरुको सूचीलाई महाधिवेशनमा समावेश गरिने छैन ।’

महाधिवेशनका लागि सो पार्टीले आफ्नै सुरक्षा दस्ता पनि परिचालन गर्ने जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टी मधेस प्रदेश संसदीय दलको बैठक बस्न लागेको छ। जनकपुरधामको भानु चौकस्थित रहेको पार्टीको सचिवालयमा पार्टी अध्यक्ष डा.सीके राउतको उपस्थितिमा बैठक बस्न लागेका हुन् । आज बिहान ९ बजेको लागि मधेस प्रदेशका समसामयिक राजनीतिक विषय बस्तुमा छ्लफलको लागि बैठक बोलाएको पार्टीका राष्ट्रिय सचिव तथा प्रदेश सांसद संजय यादवले बताए ।