१७ बैशाख २०८१, सोमबार
29-04-2024 , Mon
×

माधव नेपालमाथि पार्टी नफुटाउन दोस्रो पुस्ताको दबाब, झाँक्रीले गरिन् ट्विट

Logo
प्रकाशित शनिबार, चैत्र १४, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं,१४ चैत्र । नेकपा एमालेको शक्ति संघर्षमा केपी शर्मा ओलीपक्षबाट अपमान सहँदै आएका वरिष्ठ नेता माधव नेपालमाथि आफ्नौ पक्षका दोस्रो पुस्तोको दबाब बढ्दो छ।

शुक्रबारको संसदीय दलको बैठकमा नेपाल पक्षीय नेता नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी ओलीसमक्ष पहल पार्टीलाई एकताबद्ध राख्न पहलकदमी लिन आग्रह गरेका थिए।

नेपाल पक्षका नेता ओली पक्षको बैठकमा सहभागी हुनु र मिलेर जानै पर्छ भन्नुलाई सकरात्मक रुपमा हेरिएको छ।

ओलीले नेपाल पक्षलाई विभाजनका लागि बाटो खुला छ भनिरहेका छन्। तर, नेपाल पक्षीय दोस्रो पुस्ताका नेताहरु पार्टी फुटाउन नहुने पक्षमा देखिएका हुन।

नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पनि दम्भ, अहंकार, घमण्ड, घृणा, तिरस्कार र अपमानको बैंस चढेको टिप्पणी गरेकी छन्।

एक ट्विट मार्फत उनले यसलाई पचाएर पार्टी बनाउने र बचाउने संकल्प आफूहरुको भएको बताएकी छन्।

सामाजिक सञ्जालमा उनले लेखेकी छन्,“दम्भ, अहंकार, घमण्ड, घृणा, तिरस्कार र अपमानको बैस चढ्दो छ। त्यसलाई पचाएर पार्टी बनाउने र बचाउने संकल्प हाम्रो हो।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

काठमाडौं। अल नासेर ओभरसिजले दुईदेखि तीन लाख रुपैयाँसम्म लिएर कतारको इमदाद अलक्युबिदा कम्पनीमा पठाएका ५५ नेपाली कामदार भोकभोकै अलपत्र परेका छन् । जसमा महिलासमेत छन् । कम्पनीले तलब नदिनुका साथै खाने व्यवस्थासमेत नगर्दा उनीहरूको बिजोग भएको हो । उनीहरूलाई कम्पनीले ३ देखि ५ महिनासम्मको तलब दिएको छैन । दोहास्थित नेपाली दूतावासले खानाको व्यवस्था गर्न अल नासेर ओभरसिज र इमदाद […]

जनकपुरधाम । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौँमा भएको राप्रपाको प्रदर्शनमा दमन गर्न सुरक्षा निकायलाई निर्देशन नदिएको बताएका छन् । मधेश प्रदेशमा पुगेका लामिछानेले जनकपुरधाममा आयोजित मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठीको समापन सत्रमा बोल्दै सुरक्षा निकायलाई दमन गर्न निर्देशन नदिएको दाबी गरेका हुन् । उनले भने, ‘अधिकतम लचकता र सहनशीलता देखाउन भनेको छु । प्रदर्शन गर्दा […]