२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

महामूर्ख सम्मेलन २०७७ को उपाधि महजोडी पाए

Logo
प्रकाशित आइतबार, चैत्र १५, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१५ चैत्र । प्रत्येक वर्ष तराई होलीको पूर्व सन्ध्यामा दिइने ‘महामूर्ख’को उपाधि यस वर्ष ‘मह’ जोडिले पाएका छन् । शनिबार मिथिला नाट्य कला परिषद् ९मिनाप०द्वारा जनकपुरधाममा आयोजित कार्यक्रममा महामूर्खको उपाधि वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश अचार्य ‘मह’ जोडीलाई प्रदान गरिएको हो ।

प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल र मिनापका अध्यक्ष परमेश झाले मह जोडीलाई उपाधि हस्तान्तरण गरे । यस्तै, मन्त्री सोनलले ‘पटमूर्ख’को उपाधि पाएका छन् । मिनापले विभिन्न १५ विधामा उपाधि प्रदान गरेको छ । जसअन्तरगत ‘मुर्ख शेरोमनी’को उपाधी मन्त्री जितेन्द्र सोनलले पाएका हुन् ।

यस्तै, प्रदेशसभा सदस्य परमेश्वर साहले ‘बज्रकिट’, जनकपुरधाम उपमहानगरपालिका ४ का वडाध्यक्ष सुर्दशन सिंह ‘बैशाखानन्द’, जसपाका नेता राजिव झा ‘वंश कुरहारी’, सञ्चार उद्यमी शंकर साह ‘मुसरीलाल’ र सितल साह ‘ढोरवा’को उपाधि पाएका छन् ।

महिला नेत्री विन्दु ठाकुरले ‘खुब सुरती’को उपाधि पाएकी छिन् भने मिथिला चित्रकार एस सी सुमनले ‘घरघुस’को उपाधि पाए । पर्यावरण अभियन्ता सुरेश शार्मा ‘हाराशेख’, सुजित झा ‘सिलौटानन्द’, सञ्चारकर्मी अशोक दत्त ‘बोतलानन्द’, मोडल क्यामप्सका सञ्चालक विरेन्द्र साह ‘लोढाशंकर’, विरेन्द्र कर्ण ‘बज्रकीट’ र मैथली विकास कोषको अध्यक्ष जिवनाथ चौधरी ‘पटमूर्ख’को उपाधिद्वारा सम्मानित भए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टी मधेस प्रदेश संसदीय दलको बैठक बस्न लागेको छ। जनकपुरधामको भानु चौकस्थित रहेको पार्टीको सचिवालयमा पार्टी अध्यक्ष डा.सीके राउतको उपस्थितिमा बैठक बस्न लागेका हुन् । आज बिहान ९ बजेको लागि मधेस प्रदेशका समसामयिक राजनीतिक विषय बस्तुमा छ्लफलको लागि बैठक बोलाएको पार्टीका राष्ट्रिय सचिव तथा प्रदेश सांसद संजय यादवले बताए ।