०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

महोत्तरीमा बेपत्ता भएका ७ बालिका किशोरी भेटियो मेयर साहको दावी

Logo
प्रकाशित बुधबार, चैत्र १८, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,१८ चैत्र । घरबाट चौरीमा घाँस काट्न गरेपछि बेपत्ता भएका सात बालिका–किशोरी भारतको सीतामढीमा भेटिएको भंगहा नगरपालिकाका मेयर संजिव साहले दावी गरेका छन् ।

महोत्तरी भंगाहा नगरपालिका–८ धरमपुपरका सात जना किशोरी तथा बालिका सीतामढीमा भेटिएको खबर आएपछि प्रहरी त्यसतर्फ प्रस्थान गरेको छ ।

हराएका बालिका भेटिएको अपुष्ट खबरपछि प्रहरी निरीक्षक उमाशंकरप्रसाद साहको टोली सीतामाढीतर्फ लागेको छ । टोली केहीबेरमै सीतामढी पुग्नेछ । महोत्तरीका एसपी दिनेश आचार्यले जहाँबाट पनि भने बालिका र किशोरीहरुलाई खोजेर ल्याइदिने आश्वासन परिवारलाई दिएका छन् ।

महोत्तरीको भंगहा नगरपालिका ८ धरमपुरका सात दलित बालिका–किशोरी बेपत्ता भएका छन् । मंगलबार बिहान घाँस काट्न एकसाथ खेततिर गएका ५ बालिका र २ किशोरी बेपत्ता भएका हुन् ।

भंगहाका नगरपालिका प्रमुख सन्जीव साहका अनुसार ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सीमा पासवान, १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योती पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान बेपत्ता भएका हुन् ।

उनीहरु हिजो बिहान करिब ११ बजेदेखि घाँस काट्न गाउँ नजिकै खेततिर गएका थिए । अहिलेसम्म नफर्किएको र हिजो साँझदेखि नै स्थानीय प्रतिनिधिसहितको टोली खोजी कार्यमा लागेको मेयर साहले बताए ।

बालिका–किशोरी बेपत्ता भएपछि भंगहामा सन्नाटा छाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]