२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

रक्तदानमा युवा सहभागिता बढाउनुपर्छ : प्रदेश २ प्रमुख राजेश

Logo
प्रकाशित मंगलबार, चैत्र २४, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२४ चैत्र । प्रदेश २ का प्रमुख राजेश झा अहिराजले नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवा कालिमाटीमा पुगेर सोमबार ३२ औं पटकको रक्तदान गरेका हुन् ।

रक्तदानपछि झाले भने, ‘रक्तदानमा युवा सहभागिता बढाउनुपर्ने छ, म नियमित रक्तदाता भएकोमा गर्व गर्दछु ।’

नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले रक्तदातालाई बधाई दिँदै रेडक्रसबाट सञ्चालित रक्तसञ्चार सेवाका बारेमा जानकारी गराएका थिए ।

केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेलले सुलभ, गुणस्तरीय र मर्यादित सेवा नेपालको रक्तसञ्चार सेवाको अवधारणा बमोजिम रक्तसञ्चार गतिविधि अघि बढाइएको बताए ।

प्रदेश २ मा रक्तसञ्चार सेवाकोस्तर बृद्धि गर्न नेपाल रेडक्रसलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी नेपाल-भारत सीमा नाका आठ दिन बन्द गरिने भएको छ । विहारको मधुवनी जिल्लामा २५ वैशाख र ७ जेठमा गरी दुई चरणमा निर्वाचन हुँदैछ । जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार निर्वाचनको ७२ घण्टा पहिले सीमा नाका बन्द गर्नुपर्ने भएकाले पहिलो चरणको निर्वाचनका लागि शनिबार […]

जनकपुरधाम । मधेश प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा रु ४६ करोडभन्दा बढी मूल्य बराबरको धन सम्पत्ति जलेर नष्ट भएको छ । मधेश प्रदेश प्रहरी कार्यालयले आगलागीका सम्बन्धमा जिल्लाबाट हालसम्म सङ्कलन गरिएको तथ्याङ्क विवरणअनुसार मधेस प्रदेशका आठ वटै जिल्लामा आगलागीबाट क्षति भएको जनाएको छ । अहिले पनि प्रदेशका कुनै न कुनै स्थानमा आगलागी भइरहेकाले […]

जनकपुरधाम । मधेश प्रदेशका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् । सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा अदालतबाट जन्मकैद सजाय पाएका शर्मालाई आज प्रदेशसभाले सांसद पदबाट निलम्बन गरेको हो । जिल्ला अदालत महोत्तरीले असई विकको हत्या प्रकरणमा दोषी ठहर गर्दै सांसद शर्मासहित ७ जनालाई ०८० मंसिर २८ मा जन्मकैदको सजाय […]