२५ बैशाख २०८१, मंगलबार
07-05-2024 , Tue
×

खाँडो खोला नारायण झोलुङ्गे पुलुलाई गाउपालिका प्रमुख सिंहले उद्घाटन गरे

Logo
प्रकाशित मंगलबार, आषाढ १७, २०७६

कमल कुमार मण्डल,राजविराज ,असार १७ गते। सप्तरी जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका-२ स्थित निर्माण गरिएको झोलुङ्गे पुललाई सोमबार उद्घाटन गरिएको छ ।वस्ती विस्तार हुदै जाँदा बिचमै खाँडो नदिले गर्दा स्थानिय बासिन्दाहरुलाई आवजावत गर्नमा निकै समस्या रहेको थिए। नदिमा आउने बाढिले गर्दा विद्यार्थीहरुलाई विद्यालय जान तथा स्थानियबासिहरुलाई समेत विभिन्न काममा समस्या खेप्नुपरेकाले पुल निर्माण भएपछि स्थानियबासिन्दाहरु खुसियाली भएको छ । कुल ६४ मिटर लम्बाई तथा २ मिटर चौडाई भएको झोलुङ्गे पुल विधिवत् रुपमा उद्घाटन गरिएको छ । झोलुङ्गे पुल निर्माण सहयोग एकाई ट्रेल ब्रिज सपोर्ट युनिट, बर्दिबासद्धारा ५४ लाखको लागतमा पुल निर्माण गरिएको हो । पुल निर्माण क्रममा योगदान पुर्‍याएका सहयोगीहरुलाई गाउँपालिकाको तर्फबाट प्रशंसा पत्र समेत प्रदान गरियो ।पुल निर्माणका क्रममा २०७५ पुष १० गते जेसिबिको चोट लागेर स्थानिय नारायण खंगको ज्यान गएकोले उनको स्मरण सदैव राख्नका लागी पुलको नाम ुखाँडो खोला नारायण झोलुङ्गे पुलु राखिएको हो । सोहि अवसरमा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष सतिश कुमार सिंहले पुल निमार्ण गर्ने सम्पुर्णलाई धन्यवाद दिदै लौनियाँको पश्चिम तिर रहेको कृषि सडमा भलुवाहि नदिको बिचमा पुल निमार्ण गर्नका लागी आफु स्लैब सहयोग गर्ने पतिबद्धता जनाए । भलुवाहि नजिकै रहेको इट्टा भट्ठाका सञ्चालकहरुले इट्टा सहयोग गर्न त्यार रहेकोले गाउँपालिका तर्फबाट त्यसमा लाग्ने सम्पुर्ण स्लैब उपलब्ध गराउने उनले बताए । पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष हरिदेव खङ्गको अध्यक्षतामा आयोजना गरिएको पुल उद्घाटन कार्यक्रममा प्रमुख अतिथि तिलाठी कोईलाडी गाउँपालिका अध्यक्ष सतिश कुमार सिंहले विधिवत रुपमा मैन बत्ती जलाइ, रिबन काटेर पुलको उद्घाटन गरेका थिए । कार्यक्रममा गाउँपालिका विपद व्यवस्थापन समितिका अधिकृत राजेश कुमार झा, सोहि वडाका अध्यक्ष खगेन्द्र मण्डल, सदस्य दिनेश कुमार मण्डल, श्रीराम मण्डल, समाजसेवी जिवछ मण्डल, श्यामकुमार मण्डल, गजेन्द्र कुमार खंगलगायत स्थानियबासिहरुको सहभागीता रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य प्रधानाध्यापक प्रदिप कुमार मण्डल तथा उद्घोषण कासिन्दर कुमार शर्माले गरेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा। नयाँ शैक्षिक सत्र २०८१ सँगै सिरहा नगरपालिकाले यहाँका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न अभियान सुरु गरेको छ । जस अन्तर्गत विद्यार्थी भर्ना भएकै दिन पाठ्यपुस्तक उपलब्ध गराउने, नयाँ विद्यार्थीलाई प्रवेश परीक्षा लिई भर्ना गराउने, प्रत्येक कक्षामा जेहेन्दार विद्यार्थीलाई वडा कार्यालयबाट प्रोत्साहनस्वरुप पुरस्कार व्यवस्था गर्ने र पोसाक प्रदान गर्नेजस्ता काम थालेको हो । त्यसैगरी, […]

काठमाडौं । जनमत पार्टीले विदेशमा रहेका नेपालीहरुलाई आम निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था मिलाउन माग गरेको छ । पार्टीका अध्यक्ष डा.सीके राउतले मंगलबार परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै प्रवासी नेपालीहरुलाई मतदान गर्न पाउने व्यवस्थाको तयारी तत्कालै सुरु गर्न आग्रह गरेका छन् । ‘प्रवासी नेपालीहरूले गर्दा वार्षिक झण्डै १५ खर्ब विप्रेषण आय प्राप्त हुने गरेको […]

जनकपुरधाम । जनमत पार्टी मधेश प्रदेश संसदीय दलको नेता  तथा पुर्वमन्त्री महेश प्रसाद यादवको नाममा नक्कली फेसबूक अकाउन्ट बनाएर विभिन्न व्यक्तिसंग पैसा माग्दै गरेको छ। पछिल्लो समय सामाजिक सञ्जालमार्फत हुने ठगी धन्दा बढ्दै गइरहेको देखिएको छ । विभिन्न जालझेल, प्रलोभन तथा भ्रममा पारेर नक्कली प्रयोगकर्तालाई ठग्ने प्रवृत्ति मौलाउन थालेको हो । पुर्वमन्त्री यादवको नक्कली फेसबुक […]