१८ बैशाख २०८१, मंगलबार
30-04-2024 , Tue
×

प्रदेश सभाको पाँचौं अधिवेशन शुभारम्भ

Logo
प्रकाशित मंगलबार, चैत्र ३१, २०७७

कमलेश ठाकुर
जनकपुरधाम,३१ चैत्र । लामो समयपछि प्रदेश सभाको पाँचौं अधिवेशन शुभारम्भ भएको छ । सोमबार प्रदेश सभाको बाध्यात्मक बैठक बसेर अधिवेशनको शुभारम्भ भएको हो । कार्तिक ३ गतेको बैठक पश्चात स्थगित भएको प्रदेश २ को संसद बैठक पाँच महिना चार दिनपछि बसेको हो ।

बैठकको सुरुवात गर्दै सभामुख सरोज कुमार यादवले ६ वटा विधेयक प्रमाणीकरण भएको जानकारी दिए । प्रदेश प्रमुख राजेश अहिराजद्वरा सभामुख यादवका अनुसार प्रदेश अनुसन्धान ब्युरो २०७७, प्रदेश दुग्ध विकास बोर्ड, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, वन विधेयक, प्रदेश उद्योग विधेयक र बालबालिकाको हक अधिकार स्थापना र व्यवस्थापन गर्ने सम्बन्धमा बनेको विधेयक २०७७ प्रमानीकरण भएको बताए ।

बैठकलाई समबोधन गर्दै मुख्यमन्त्री लाल बाबु राउतले आउँदै गरेको नयाँ वर्ष २०७८ र मुस्लिम धर्मालव्मीहरुको रमजान पर्वको प्रदेश बासीलाई शुभकामना व्यक्त गरे । प्रदेशबासीको प्रगतीको कामना गर्दै प्रदेश सरकारले जिज्ञसा, गुनासोलाई आत्मसात गरेर सुधार गर्दै अगाडी बढ्ने उनले आश्वासन दिए । माधव कुमार नेपाल र झलनाथ खनाल पक्षबाट संसदीय दलका नेता बनेका शत्रुधन महतोले कोरोना महामारी पुनः बढ्न सक्ने अशांका व्यक्त गरे ।

लामो समयपछि बैठक बसेको प्रति अशंतुष्टी जनाउँदै प्रदेशमा ठुलो ठुलो घटना भएको बताए । ‘राती हैन, दिउँसै चोरी, डकैती भएको छ,’उनले भने, ‘तर, हामी मुक्दर्शक भएका छौं ।’ प्रदेश सरकारले जनताको शान्ति सुरक्षा गर्न नसकेको भन्दै बैठकलाई नियमित गर्न सुझाए । प्रदेश सरकार जिम्मेवारीविहिन भएको भन्दै स्थायी राजधानी र नमाकरण टङो लगाउन जोड दिए ।

सरकारलाई समन्व्यकारी भुमिका निर्वाह गर्न भन्दै समयमै सचेत हुन आग्रह गरे । प्रदेश सभा सदस्य शिव चन्द्र चौधरीले सरकारले योजना बनाए पनि कार्यनव्यन पक्ष निकै कमजोर रहेको समिक्षा गरे । मुख्यमन्त्री राउतप्रति संकेत गर्दै सातै प्रदेश भन्दा कमजोर र पछाडी परिरहेको बताए । नेपाली काँग्रेस संसदीय दलका नेता राम सरोज यादवले संसद विघटन घटना बारे बोल्दै संसदमै प्रहार हुँदा संस किन बोलाइएन ? प्रश्न गरे । मुख्यमन्त्री दलको नेताको हैसियले बोलेको कि मुख्यमन्त्रीको हैसियतले बोलेको अन्यौल रहेको बताए ।

प्रदेश अन्याय, अत्याचारमा एक नम्बर बनेको भन्दै कटाक्छ गरे । विकासको क्षेत्रमा लगानी नगरेको भन्दै सफाई अभियानमा मात्रै अर्बौ रुपयाँ लगानीको औचित्य नरहेको बताए । मुख्यमन्त्री स्वच्छता अभियानमा आवश्यकता भन्दा बढी रकम लगाइए पनि प्रभावकारी नभएको उनले गुनासो गरे । बैठक बैशाख १० गते सम्मको लागि स्थगित गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले वर्तमान गठबन्धन सरकारमा सहभागी हुने मन्त्रीलगायत मुलुकको समसामयिक विषयमा विचार-विमर्श गरेको छ। पार्टीको आज बसेको कार्यकारिणी समिति बैठकले सरकारमा सहभागी हुने मन्त्री तथा सरकारमा सहभागी हुँदा पार्टीको मुद्दा र अडानबारे पार्टीका नेताहरुबीच छलफल गरेको हो। बैठकमा मधेस प्रदेश सरकारको सुनिश्चिततालगायत विषयमा नेताहरूले आफ्नो धारणा राखेको जसपाका प्रवक्ता मनिष सुमनले […]

महोत्तरी । महोत्तरीको रातु खोलामा भएको अवैध उत्खनन रोकिनुपर्ने माग राखेर सर्वोच्च अदालत पुगेका बर्दिबासका नागरिकको मागलाई अदालतले अनुमोदन गरेको छ । निवेदकहरूले पेस गरेको प्रमाणलाई आधार बनाएर आज सर्वोच्च अदालतले उत्खनन कार्यलाई तत्काल रोक्न अन्तरिम आदेश जारी गरेको हो । अधिवक्ताहरू पदमबहादुर श्रेष्ठ, राजु फुयाँल, सुधनराज आचार्य, बिष्णुकुमार थोकर र सुदिपकुमार भुजेलले गरेको बहसमा […]

जनकपुरधाम। धनुषा र सिरहा जोड्ने कमला नदीमा झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न भएको छ । निर्माण कार्य सम्पन्न पश्चात् पूजापाठ गरेर शनिबारबाट आवतजावत खुला गरिएको छ । सिरहाको सिरहा नगरपालिका १३, मलहनियाँ र धनुषाको जनकनन्दिनी गाउँपालिका ६, कठाललाई जोड्न निर्माण भएको सो झोलुङ्गे पुल एक हजार ५०१ मिटर लामो र चार फिट चौडाइ रहेको छ […]