२७ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

प्रदेश सभाको पाँचौं अधिवेशन शुभारम्भ

Logo
प्रकाशित मंगलबार, चैत्र ३१, २०७७

कमलेश ठाकुर
जनकपुरधाम,३१ चैत्र । लामो समयपछि प्रदेश सभाको पाँचौं अधिवेशन शुभारम्भ भएको छ । सोमबार प्रदेश सभाको बाध्यात्मक बैठक बसेर अधिवेशनको शुभारम्भ भएको हो । कार्तिक ३ गतेको बैठक पश्चात स्थगित भएको प्रदेश २ को संसद बैठक पाँच महिना चार दिनपछि बसेको हो ।

बैठकको सुरुवात गर्दै सभामुख सरोज कुमार यादवले ६ वटा विधेयक प्रमाणीकरण भएको जानकारी दिए । प्रदेश प्रमुख राजेश अहिराजद्वरा सभामुख यादवका अनुसार प्रदेश अनुसन्धान ब्युरो २०७७, प्रदेश दुग्ध विकास बोर्ड, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, वन विधेयक, प्रदेश उद्योग विधेयक र बालबालिकाको हक अधिकार स्थापना र व्यवस्थापन गर्ने सम्बन्धमा बनेको विधेयक २०७७ प्रमानीकरण भएको बताए ।

बैठकलाई समबोधन गर्दै मुख्यमन्त्री लाल बाबु राउतले आउँदै गरेको नयाँ वर्ष २०७८ र मुस्लिम धर्मालव्मीहरुको रमजान पर्वको प्रदेश बासीलाई शुभकामना व्यक्त गरे । प्रदेशबासीको प्रगतीको कामना गर्दै प्रदेश सरकारले जिज्ञसा, गुनासोलाई आत्मसात गरेर सुधार गर्दै अगाडी बढ्ने उनले आश्वासन दिए । माधव कुमार नेपाल र झलनाथ खनाल पक्षबाट संसदीय दलका नेता बनेका शत्रुधन महतोले कोरोना महामारी पुनः बढ्न सक्ने अशांका व्यक्त गरे ।

लामो समयपछि बैठक बसेको प्रति अशंतुष्टी जनाउँदै प्रदेशमा ठुलो ठुलो घटना भएको बताए । ‘राती हैन, दिउँसै चोरी, डकैती भएको छ,’उनले भने, ‘तर, हामी मुक्दर्शक भएका छौं ।’ प्रदेश सरकारले जनताको शान्ति सुरक्षा गर्न नसकेको भन्दै बैठकलाई नियमित गर्न सुझाए । प्रदेश सरकार जिम्मेवारीविहिन भएको भन्दै स्थायी राजधानी र नमाकरण टङो लगाउन जोड दिए ।

सरकारलाई समन्व्यकारी भुमिका निर्वाह गर्न भन्दै समयमै सचेत हुन आग्रह गरे । प्रदेश सभा सदस्य शिव चन्द्र चौधरीले सरकारले योजना बनाए पनि कार्यनव्यन पक्ष निकै कमजोर रहेको समिक्षा गरे । मुख्यमन्त्री राउतप्रति संकेत गर्दै सातै प्रदेश भन्दा कमजोर र पछाडी परिरहेको बताए । नेपाली काँग्रेस संसदीय दलका नेता राम सरोज यादवले संसद विघटन घटना बारे बोल्दै संसदमै प्रहार हुँदा संस किन बोलाइएन ? प्रश्न गरे । मुख्यमन्त्री दलको नेताको हैसियले बोलेको कि मुख्यमन्त्रीको हैसियतले बोलेको अन्यौल रहेको बताए ।

प्रदेश अन्याय, अत्याचारमा एक नम्बर बनेको भन्दै कटाक्छ गरे । विकासको क्षेत्रमा लगानी नगरेको भन्दै सफाई अभियानमा मात्रै अर्बौ रुपयाँ लगानीको औचित्य नरहेको बताए । मुख्यमन्त्री स्वच्छता अभियानमा आवश्यकता भन्दा बढी रकम लगाइए पनि प्रभावकारी नभएको उनले गुनासो गरे । बैठक बैशाख १० गते सम्मको लागि स्थगित गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]