२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

स्थानीय प्रहरी देखि जिल्लासम्म पुगे तर निवेदन दर्जा गरेन : पीडित महिला

Logo
प्रकाशित मंगलबार, आषाढ १७, २०७६

कमल कुमार मण्डल ,राजविराज ,असार १७ गते।सप्तरीमा एक महिलालाई बोक्सीको आरोप लगाएर उनकै भजिताले कुटपिट गरेका छ्न।सोमबार सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाडा निवासी ५३ बर्षीया जशोधियादेवी यादवलाई उनका भतिजा नेपाल प्रहरी हबल्दार कमलदेव यादवले बोक्सीको आरोपमा पटक–पटक कुटपिट गर्दै आएका हुन् । पीडित महिलाले सदरमुकाम राजविराजमा पत्रकार सम्मेलन गरी कुटपिटबारे जानकारी गराएकी हुन।त्यसैगरी पीडित महिलाले भने ‘एक, दुई पटक मात्र नभइ, कयौ पटक आफूलाई कुटपिट गरेका छन् कमलदेवले’ उनले भने, “पछिल्लो पटक शनिबार कुटपिट गरिरहँदा बचाउन आएकी आफ्नी छोरीलाई समेत उनले कुटपिट गरेका छन् ।” छोरा वैदेशिक रोजगारमा रहँदा आफू बुहारीसँगै बस्दै आएको बताउँदै जशोधियादेवीले भनिन्, “काठमाडौंमा कार्यरत कमलदेव जहिल्यै घर आउँदा आफूलाई बोक्सीको आरोप लगाएर कुटपिट गरेका छ्न ।यता कमलदेवले गरेको कुटपिट सम्बन्धमा स्थानीय प्रहरीदेखि जिल्ला प्रहरी कार्यालयसम्म निवेदन दिँदा समेत प्रहरीले निवेदन दर्ता नगरेको उनले पत्रकार सम्मेलनमा बताइन् । जिल्ला प्रहरी कार्यालय, सप्तरीका डिएसपी भावेश रिमालले भने घट्नाको छानबिन र अनुसन्धान भइरहेको र यस सम्बन्धमा बुझ्नका लागि दुबै पक्षलाई बोलाइएको बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राजविराज । सप्तरीको चिम्टीका अग्निपिडितलाई बलान–बिहुल गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले एक दिनको तलबबराबरको रकम सहयोग गर्ने भएका छन्। बलान–बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले मानवीय संकटमा मलम लगाउन एक दिनको तलब दिने निर्णय गरेको बताए। यादवले चिम्टीका आगलागीपीडितका लागि जे–जति सकिन्छ, जस्तो सकिन्छ सहयोग गरेर पठाउन सप्तरीका क्रियाशील संघसंस्थाहरूसँग आग्रहसमेत गरेका छन्। जनप्रतिनिधि र कर्मचारीहरू गरी […]

महोत्तरी। बालबालिका न हुन्, घरबारविहीन भई खुला आकाशमुनि आउँदा पनि निस्फिक्री जीवन बाँचिरहेका छन्। न छानाको चिन्ता छ न मानाको। चिन्ता छ त केवल ‘खरानीको घर’ अरुको भन्दा राम्रोसँग कसरी ठड्याउने ! यही वैशाख १२ गते आगलागीबाट एक सयभन्दा बढी घर जलेर खरानी भएका महोत्तरीको मटिहानी-६ को जरलहवागाछी बस्तीमा अहिले यस्तै दृश्य देखिन्छन्। घरबास कहिले […]

महोत्तरी । अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री सेल्सियसको सेरोफेरोमा छ । प्रचण्ड रापसँगैको तातो हावाका बीच पनि यहाँ गृहिणी भने बर्खा यामका लागि ‘गुइँठा’ बनाउन व्यस्त छन् । मधेसमा खाना पकाउने इन्धनको जोहोमा ‘गुइँठा’ बनाउने व्यस्तता बढेको हो । बर्खामास खाना पकाउन यहाँका गृहिणी जेठसम्म ‘गुइँठा’ बनाउने काममा व्यस्त हुन्छन् । […]