०४ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

प्रदेश २ सरकारले ९ वटा वारुणयन्त्र किन्यो

Logo
प्रकाशित शुक्रबार, जेठ १४, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,१४ जेष्ठ । प्रदेश २ सरकारले ९ वटा बारुण यन्त्र (दमकल) किनेको छ ।

प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले ९ वटा दमकल खरिद गरेको मन्त्रालयका प्रवक्ता अवधकिशोर कुसवाहाले जानकारी दिए । उनका अनुसार एउटा दमकलको मूल्य झण्डै ५३ लाख रुपैयाँ परेको छ ।

खरिद गरिएका दमकल आठै जिल्लाका प्रशासन कार्यालयलाई उपलब्ध गराइनेछ । ‘प्रत्येक जिल्ला प्रशासन कार्यालयलाई एक–एक वटाका दरले दमकल उपलब्ध गराइनेछ,’ प्रवक्ता कुसवाहाले भने, ‘एउटा प्रदेश प्रहरी कार्यालयलाई उपलब्ध गराइनेछ ।’

कुसवाहाले चालु आ।ब।को बजेटमा यसका निम्ति बजेट उपलब्ध गराइएकाले खरिद गरिएको बताए । खरिद गरिएका दमकल बिहीबार अस्थायी राजधानी जनकपुरधाम पुगिसकेका छन् ।

यद्यपि कोरोनाकालको समयमा स्वास्थ्य सामग्री खरिद गर्नुपर्नेमा बारुण यन्त्र खरिद गरिएकोमा प्रदेश सरकारको आलोचला हुन थालेको छ ।

प्रदेश सरकारले यसअघि ५ वटा बस किनेको थियो । बस किनेको आठ महिना पुग्दा समेत सन्चालन हुन सकेको छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]