१५ फाल्गुण २०८२, शनिबार
28-02-2026 , Sat
×

प्रदेश २ का बारामा छाडा चौपायाले सडक दुर्घटना बढ्यो

Logo
प्रकाशित बिहिबार, जेठ २०, २०७८

न्यूजमधेश डेस्क
बारा,२० जेष्ठ । प्रदेश २ का बारा जिल्लाको पथलैया स्थित व्यस्त चोकको सडकमा रहने दर्जनौ छाडा चौपायालाई व्यवस्थापन गर्न ट्राफिक प्रहरी र स्थानीय सरकारले लापरवाही गर्दा दैनिक सडक दुर्घटना र जोखिम व्यापक बनेको छ ।

स्थानीयले छाडा छोडेको चौपायाका कारण व्यस्त सडक जाम हुने, साना सवारी दुर्घटना पर्ने, मानवीय क्षति भैरहदा समेत बेवास्था गरिए पछि ट्राफिक प्रहरी र स्थानीय सरकारको लापरवााही प्रष्ट देखीएको हो ।

दुर्घटनाको कारण बनेको छाडा पशु चौपाया नियन्त्रण गर्न स्थानीय बासिन्दाले जितपुर सिमरा उपमहानगरलाई दबाब दिदा छाडा चौपाया व्यवस्थापन गर्न बनाएको कान्जि हाउस प्रयोगविहिन र खण्डहर बनेको छ ।

छाडा चौपायासंग ठक्कर खादा यस आर्थिक बर्षमा मोटरसाईकल र साना गाडी ३७ वटा दुर्घटनामा भइसकेका छन् ।

जस्मा २ जनाको ज्यान गएको र १७ जना घाईते भएको ट्राफिक प्रहरीको तथ्यांकमा उल्लेख छ ।

ट्राफिक प्रहरीले आफूहरुको काम सडक व्यवस्थापन र दुर्घटना न्युनिकरण भए पनि छाडा चौपाया नियन्त्रण गर्न स्थानीय सरकारले चासो नदिँदा दुर्घटना बढेको जनाएको छ ।

उपमहानगरका वडाअध्यक्ष हिरा बहादुर गुरुङ्गले कान्जी हाउस ब्यबस्थापन गर्न दुई बर्ष पहिले नै माग गरिएको र प्रत्येक पटक आग्रह गरे पनि मेयरले आलटाल गर्दा यो स्थिती आएको बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]