०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

जनमत पार्टी धनुषाको नवनियुक्त पदाधिकारीको सपथग्रहण

Logo
प्रकाशित शनिबार, आषाढ ०५, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,५ असार ।डा सीके राउत नेतृत्वको जनमत पार्टी धनुषाका नवनियुक्त प्रदाधिकारीहरुको पदभार तथा सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

पार्टीका नव नियुक्त जिल्ला समन्वय समिति धनुषा अध्यक्ष ओमविक्रम कुशवाहा सहितका प्रदाधिकारीहरुलाई शुक्रबार जनमत पार्टी धनुषाको कार्यालयमा आयोजित एक कार्यक्रममा पदभार तथा सपथग्रहण गराएका हुन् ।

त्यसैगरी उपाध्यक्ष उपेन्द्र रोहिता ,राजेन्द्र यादव ,फुल कुमारी यादव ,सचिव विजय साह ,सहसचिव नविन पण्डित र कोषाध्यक्ष किलेश मण्डललाई वरिष्ठ नेतृत्व मण्डलीका केन्द्रीय सदस्य इन्द्रेश झाले सपथग्रहण गराएका थिए ।

सो कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सचिव संजय यादव ,पार्टीका केन्द्रीय सदस्य इन्द्रजित यादव ,जनमत पार्टीका केन्द्रीय महिला सचिव तथा धनुषा निवर्तमान जिल्ला इन्चार्ज अनिता साहले नव नियुक्त पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम ।जनमत पार्टी नेतृत्वमा मधेशमा प्रदेशमा नयाँ सरकार बनाउन पाँच दलबीच सहमति भएको छ । सरकारमा पाँच दलको सहभागिता सुनिश्चित गर्नेबारे सहमति भए पनि सरकारको आलोपालो नेतृत् वगर्ने क्रम र अवधि तथा मन्त्रालय बाँडफाँडलगायतका विषयमा अझै टुंगो लागेको छैन । जनमत पार्टीको नेतृत्वमा बनाइने सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र […]

राजविराज । सप्तरी सदरमुकाम राजविराज नगरपालिकामा एक युवक मृत अवस्थामा भेटिएका छन् । नगरपालिकाको वडा नम्बर १३ स्थित पिप्राही र भेल्हीबीचको खाँडो खोलामा युवक मृत भेटिएको प्रहरीले जनाएको छ । मृतक युवक राजविराज नगरपालिका १२ बिषहरिया निवासी सुनिल कुमार यादव हुन् । १९ बर्षीय यादव साइकलसहित घोप्टो परेर मृत फेला परेको र नाकबाट रगत आएको […]

महोत्तरी। गर्मी छल्ने लेकाली चिसो मधेशमा नै पाईन्छ भन्दा धेरैलाई अप्रत्यारिलो लाग्न सक्छ । तर महोत्तरीको उत्तरी क्षेत्र चनौटे डाँडोमा पुगेपछी पाइने चिसो मौसमले यसलाई पुष्टि गर्दछ । यो खवर थाहा पाएपछी मधेश र नजिकै सिमाना जोडिएका भारतको विहार प्रदेशका मानिसहरुको गर्मी छल्ने सवैभन्दा उत्कृष्ट गन्तव्य पहाड र हिमालका जिल्ला भन्दा यहीँ ठाउँ सर्वाधिक रोजाई […]