१२ बैशाख २०८३, आइतबार
26-04-2026 , Sun
×

सडक मर्मतमा बेवास्ता गरेको भन्दै सडकमै धान रोपाइँ

Logo
प्रकाशित बिहिबार, आषाढ १०, २०७८

न्यूजमधेश डेस्क
सिरहा ,१० असार । सडक मर्मतमा बेवास्ता गरेको भन्दै स्थानीय युवकहरुले सिरहाको धनगढीमाई नगरपालिका– १२ स्थित हिलाम्मे सडकमा धान रोपाइँ गरेका छन् ।

पटकपटक जनप्रतिनिधिहरुलाई सडक मर्मतका लागि आग्रह गर्दासमेत मर्मत नगरिएको भन्दै युवाहरुले बुधबार साँझ साङ्केतिक विरोधस्वरूप सडकमै धान रोपाइँ गरेका हुन् ।

नगरप्रमुख हरिनारायण चौधरी र वडा नं १२ का वडाअध्यक्ष राजु श्रेष्ठलाई जीर्ण सडक मर्मतका लागि पटकपटक आग्रह गरे पनि वेवास्ता गर्दै आएकाले सडकमै धानको बीउ रोपेर विरोध जनाएको स्थानीय युवा रामकुमार महतोले जानकारी दिनुभयो ।

करिब ४०० मिटर सडक कालोपत्रे गर्नका लागि बाटो बन्द गर्न खाल्डो खनिएको थियो ।

सो खाल्डो त्यतिकै छाडेपछि हिलो जमेर सडक नै अवरुद्ध भएको स्थानीयवासीले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]