३० मंसिर २०८२, मंगलबार
16-12-2025 , Tue
×

मुसहर बस्तीमा अभावै अभाव

Logo
प्रकाशित बिहिबार, आषाढ १७, २०७८

न्यूजमधेश डेस्क
रौतहट ,१७ असार । पूर्वपश्चिम राजमार्गको चन्द्रनिगाहपुर चोकबाट करिब ७ किलोमिटर दक्षिण–पूर्व लाग्दा सिन्दुरेघारी गाउँ पार गरेलगत्तै साना झुपडीका बाक्लै बस्ती देखिन्छन् । मुसहर समुदाय बसोबास गर्ने यो बस्तीमा बिहान एक जना पनि पुरुष देखिँदैन । अर्काको घरमा ज्याला–मजदुरी गर्न जान्छन् ।

चरम गरिबीको रेखामुनि रहेको चन्द्रपुर–९ स्थित मुसहर बस्तीका पुरुष र महिलाहरू एक दिन काम गर्न गएनन् भने घरमा चुल्हो बल्दैन् । एक घरमा ७ देखि १५ जनासम्म परिवार छन् । मुसहर बालबालिका विद्यालय जाँदैनन् । गरिबी र चेतनाको कमीले अभिभावकले पनि विद्यालय पठाउँदैनन् । कमाइ खाने एक टुक्रा जग्गा छैन । अर्काको खेतीमा ज्याला गर्नुपर्छ । बिहान ७ देखि बेलुकी ५ बजेसम्म काम गरेपछि पुरुषले ४ सय र महिलाले ३ सय रुपैयाँ कमाउँछन् ।

स्थानीय जुगल मुसहरले काम नभएको सिजनमा भोकै बस्नुपरेको पीडा सुनाए । ‘दिनभरि काम गरेको ज्यालाले बिहान बेलुका मात्र खानपुग्छ,’ अर्का स्थानीय इनरदेव माझी भन्छन्, ‘कमाउन नगएको बेला भोकै बस्नुपर्छ ।’ सबैजसो मुसहरबस्तीमा शौचालय छैन । बाहिर शौचादी गर्न जान्छन् । अधिकांशले पोलबाट चोरेर बत्ती बाल्छन् । बस्तीका वीरेन्द्र माझी ९मुसहर० का ८ छोराछोरी छन् । १५ वर्षको उमेरमा बिहे गरेर १७ वर्षको उमेरमा दोंगा ९बेहुली भित्र्याउने० गरेका वीरेन्द्र दम्पतीले त्यसपछिका १४ वर्षमा ८ सन्तान जन्माए । सात छोरी जन्माएर दुई वर्षअघि मात्रै छोरा जन्मेपछि श्रीमती शकुन्तलाले स्थायी परिवार नियोजन गरिन्  । यो समुदायका धेरैलाई परिवार नियोजनबारे थाहा छैन ।

७० घर परिवार रहेको बस्तीमा ३ वटामात्र धारा छ, जसले गर्दा खानेपानीको समस्या छ । बर्खाको बेलामा बस्ती डुब्ने जोखिम पनि छ । गुजरा ९ स्थित नदीको आडैमा रहेको अर्को मुसहर बस्ती छ । बस्ती छिचोलेर लाइनै विद्युत्को पोल लगिएको छ । पूर्वतिर उपल्लो जातिको बसोबास रहेको गाउँ राति झिलीमिली देखिन्छ । टाँसिएको मुसहरका घरहरू अन्धकार हुन्छन् । बस्तीमा १ सय १९ घर छन् । गुजराको जुगौलीया, लक्ष्मीपुरमा पनि मुसहर समुदायको बसोबास छ । स्थानीय तहले कुनै पनि सहयोग नगरेको उनीहरूको गुनासो छ । देशमा जस्तोसुकै परिवर्तन आए पनि मुसहर समुदायको जीवनशैली भने जस्ताको त्यस्तै रहेको अगुवा अकलु मुसहरले सुनाए । ‘विद्युत्, खानेपानी, शिक्षा, स्वास्थ्यलगायत सेवासुविधाबाट मुसहर समुदाय टाढा छ,’ उनले भने, ‘हामीलाई राज्यले कहिल्यै वास्ता गरेन् ।’ गुजरा नगरप्रमुख शन्तलाल चौधरीले मुसहर समुदायको जीवनस्तर उकास्न बजेट छुट्ट्याइएको दाबी गरे ।

रौतहटमा मुसहरका २ हजार ५० वटा घर छन् । १५ हजार ३ सय करिब उनीहरूको जनसंख्या छ । मधेसका दलितमाथि अध्ययन र अनुसन्धानमा संलग्न भोला पासवानले मुसहरहरूको जन्मदर औसतभन्दा उच्च रहेको जानकारी दिए । देशभर करिब चार लाख जनसंख्या भए पनि सय जना जतिले मात्रै एसईई उत्तीर्ण गरेको उनले बताए । पासवानका अनुसार कमजोर आर्थिक अवस्था, चरम गरिबी, शिक्षा र स्वास्थ्य अभावका कारण मुसहरहरू बग्रेल्ती सन्तान जन्माउँछन् ।

पूर्वी तराईमा बसोबास गर्ने पिछडिएको र मधेसी दलित समुदायमध्येको एक मुसहर हो । धेरैजसो मुसहरले आफ्नो थर सदा लेख्ने गर्छन् । माटो काट्ने, अन्नबाली रोप्ने र माछा मार्ने काम उनीहरूले गर्दै आएका छन् । मुसहर समुदाय जातीय विभेदको चपेटामा समेत परेको पासवानले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]