२७ बैशाख २०८१, बिहिबार
09-05-2024 , Thu
×

सप्तरीका स्थानीय तह : विद्यालय सञ्चालनको तयारीमा

Logo
प्रकाशित शुक्रबार, भाद्र ११, २०७८

न्यूजमधेश डेस्क
राजविराज ,११ भाद्र । कोरोना महामारीका कारण लामो समयदेखि सप्तरीमा बन्द रहेका विद्यालय सञ्चालन गर्ने तयारी गरिएको छ । स्वास्थ्य मापदण्डको पालना गरी १८वटै स्थानीय तहका विद्यालय सञ्चालन गर्न छलफल सुरु गरिएको हो । विद्यालय सञ्चालन गर्ने विषयमा स्थानीय तहका प्रमुखहरू छलफलमा जुटेका हुन् ।

जिल्ला समवन्य समितिमा बसेको स्थानीय तहका प्रमुखको बैठकले विद्यालय सञ्चालनबारे छलफल गरेको राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले जानकारी दिनुभयो । छलफलमा जिल्लामा हाल कोरोना महामारीको सङ्ख्या न्यून देखिएकाले विद्यालय सञ्चालन गर्नेबारे गहनरूपमा बहस भएको जनाउँदै स्वास्थ्य मापदण्डको पालना गरी तत्काल विद्यालय सञ्चालन गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले पहिलो चरणमा छलफल ग¥यौँ, थप छलफल जारी नै छ, अझै निष्कर्षमा पुग्न सकिएको छैन, कोभिड–१९ महामारीका कारण महिनौँदेखि विद्यालय बन्द रहँदा पठनपाठन प्रभावित भएको छ ।

स्वास्थ्य मापदण्डको पालना गरी भौतिकरूपमै विद्यालय सञ्चालन गर्ने गरी छलफल भइरहेको सहभागीले बताएका छन् । कोभिड–१९ का कारण बन्द रहेका विद्यालय जिल्लामा सङ्क्रमणदर घट्दै गएपछि सञ्चालनको तयारी थालिएको जनाइएको छ । लामो समयदेखि विद्यालय बन्द हुँदा पठनपाठन पूर्णरूपले प्रभावित भएको छ ।

विद्यालय बन्दका कारण बालबालिका घरमा पनि पढाइ लेखाइ बन्द गरेर बसेकाले उनीहरुको भविष्य अन्धकारतर्फ गइरहेको अभिभावकको गुनासो छ । साथै विद्यालय बन्द हुँदा अधिकांश युवा लागुऔषधतर्फ आकर्षित भएको देखिएको बताइन्छ । त्यस्तै विद्यालय बन्दका कारण पढाइ छाडेर दिनभरि बालबालिका खेल्नमै रुचि राख्नाले उनीहरुको पढाइ प्रभावित भएको शिक्षिका ममता यादवले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा। नयाँ शैक्षिक सत्र २०८१ सँगै सिरहा नगरपालिकाले यहाँका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न अभियान सुरु गरेको छ । जस अन्तर्गत विद्यार्थी भर्ना भएकै दिन पाठ्यपुस्तक उपलब्ध गराउने, नयाँ विद्यार्थीलाई प्रवेश परीक्षा लिई भर्ना गराउने, प्रत्येक कक्षामा जेहेन्दार विद्यार्थीलाई वडा कार्यालयबाट प्रोत्साहनस्वरुप पुरस्कार व्यवस्था गर्ने र पोसाक प्रदान गर्नेजस्ता काम थालेको हो । त्यसैगरी, […]

जनकपुरधाम । जनकपुरधामको अक्षर विद्या मन्दिरले स्टाफको बालबालिकालाई नपढाउने गरेको रहस्य खुलेको छ । सोही विद्यालयमा चालक पदमा कार्यरत्त जनकपुरधाम उपमहानगरपालिका २ का सोमनाथ यादवको छोरालाई भर्ना लिन नमानेको हो । यादव चार महिनादेखि सोही विद्यालयमा कार्यरत्त छन् । तीन वर्ष पुगेका उनले छोरालाई नर्सरी भर्ना गराउन जाँदा विद्यालयका लेखापाल धमेन्द्र यादवले हप्काएर पठाएको उनले […]

जनकपुरधाम । धनुषाको एक विद्यालयले आफ्ना भिडियो डकुमेन्ट्री सार्वजनिक गरेको छ। जिल्लाको विदेह नगरपालिका-६ तिनकौरिया चोकस्थित श्री जनता नमूना माध्यमिक विद्यालयमा आयोजना एक कार्यक्रमबिच बिहिवार भिडियो डकुमेन्ट्री सार्वजनिक गरेको छ। सो कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष राधेश्याम गोइत यादवको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाइ धनुषाको प्रमुख चेत कुमार पोखरेलको प्रमुख अतिथ्यमा सम्पन्न भएको […]