०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

महोत्तरीमा नौसय घर डुबानमा

Logo
प्रकाशित शुक्रबार, भाद्र ११, २०७८

न्यूजमधेश डेस्क
जलेश्वर ,११ भाद्र । महोत्तरी जिल्लाको रातो नदीको तटबन्ध भत्किँदा ९०० घर डुबामा परेको छ ।

जिल्लाको बलवा नगरपालिका–४ तिलगढ गाउँ नजिकै रातो नदीको तटबन्ध भत्किएर खोलाको पानी गाउँमा पस्दा ती घर डुबानमा परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार रातो नदीमा आज बिहान आएको बाढीले बलवा नगरपालिकाको एउटै वडाको चार स्थानमा तटबन्ध भत्काएपछि तिलगढ र रौजा गाउँ डुबानमा परेको हो ।

विगत तीन दिनदेखि जिल्लामा परिरहेको अबिरल वर्षाका कारण रातो नदीमा आएको बाढीले बलवा नगरपालिकाका–४ मा पर्ने तिलगढ र रौजा गाउँका ९०० घर डुबानमा परेको छ ।

साथै सयाँै बिघा धान, तरकारी र फलफूल खेती पनि डुबानमा परेको स्थानीय जनप्रतिनिधिले जनाएका छन् । गाउँ डुबानमा परेपछि स्थानीय बाढी पीडितलाई जनप्रतिनिधि, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थानतर्फ लैजाँदै गरेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम ।जनमत पार्टी नेतृत्वमा मधेशमा प्रदेशमा नयाँ सरकार बनाउन पाँच दलबीच सहमति भएको छ । सरकारमा पाँच दलको सहभागिता सुनिश्चित गर्नेबारे सहमति भए पनि सरकारको आलोपालो नेतृत् वगर्ने क्रम र अवधि तथा मन्त्रालय बाँडफाँडलगायतका विषयमा अझै टुंगो लागेको छैन । जनमत पार्टीको नेतृत्वमा बनाइने सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र […]

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालबाट टुक्रिएर बनेको जसपाले पूर्वसांसद अशोककुमार यादवलाई मधेश प्रदेश संयोजक तोकेको छ । यादवलाई मधेश प्रदेश संयोजकको जिम्मेवारी दिइएको जसपाका महासचिव एवं स्वास्थ्यमन्त्री प्रदीप यादवले जानकारी दिए । उनका अनुसार प्रदेश संयोजक यादवलाई संगठनको कामकाज गर्ने पूर्ण जिम्मेवारी दिइएको छ । यादव २०७४ सालको निर्वाचनमा तत्कालीन जनता समाजवादी पार्टीबाट सर्लाही […]

जनकपुरधाम ।जनमत पार्टी मधेश प्रदेश संसदीय दलका नेता तथा पुर्व शिक्षामन्त्री महेश प्रसाद यादवले सप्तरीको दुईवटा विद्यालयको शैक्षिक भवनको शिलान्यास गरेका छन् । पुर्वमन्त्री यादवले रुपनी गाउँपालिका-३ स्थित रहेको माध्यमिक विद्यालय कटैयामा चार कोठे भवन र शम्भुनाथ नगरपालिका-२ खैरबोनास्थित रहेको आधारभुत विद्यालयमा दुई कोठे भवनको एक कार्यक्रमबीच शिलान्यास गरेका हुन् । पुर्वमन्त्री यादव मधेश प्रदेश […]