१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

जसपा भ्रष्टाचारीहरुको पार्टी हो : पूर्वमन्त्री अरगरिया

Logo
प्रकाशित शुक्रबार, भाद्र १८, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१८ भाद्र । लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) नेपालका नेता तथा पूर्वमन्त्री उमाशंकर अरगरियाले जसपा भ्रष्टाचारीहरुको पार्टी रहेको बताएका छन् ।

शुक्रबार धनुषाको कमला नगरपालिका ४ मा कार्यकर्ता भेटघाट कार्यक्रममा अरगरियाले जसपा भ्रष्टाचारीहरुको पार्टी रहेको बताए ।

जसपाभित्र दलाल, कमिसनखोरी, भ्रष्टाचारी नेताहरुको केन्द्र रहेको उनले बताए ।

यसैकारण आफूहरूले नयाँ पार्टी बनाएकाे उनले बताए । नयाँ पार्टी बनाउन लाग्दा आफ्नो सांसद पदको पनि पर्वाह नगरेको उनले बताए । आफुहरुको पार्टी ईमान्दारहरुको पार्टी रहेको दाबी उनले गरे ।

जसपा अध्यक्ष उपेन्द्र यादव साइकल चढ्ने हैसियत नभएको व्यक्ति रहेपनि अहिले करोडौंको गाडीमा कसरी चढिरहेका छन् ? उनले प्रश्न गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]