२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

राहत तथा उद्वार कार्यमा जुटन डा सीके राउतको आह्वान

Logo
प्रकाशित शनिबार, आषाढ २८, २०७६

मनोज मोरबैता

जनकपुरधाम ।डा सीके राउत नेतृत्वका जनमत पार्टीले बाढी पीडितहरुको राहत तथा उद्वारमा जुटन आफ्नो भात्री संगठन तथा स्वमसेवकलाई आह्वान गरेको छ।

जनमत पार्टीका अध्यक्ष डा सीके राउतले आज विज्ञप्ति जारी गर्दै सो आह्वान गरेको हुन।केही देखदेख देशभरि विभिन्न जिल्लाहरूमा निरन्तर वर्षाको कारणले गइराखेको बाढ़ीपहिरोमा परी मृत्यु हुनेहरू प्रति श्रद्धाञ्जली दिँदै मृतकको परिवारजनसंग पर्कट गरेको छ।

बाढ़ीपहिरोले पुर्‍याइरहेको जनधनको क्षति प्रति दुस्ख व्यक्त गर्दै । डा राउतले विपद्को यस घड़ीमा धैर्य धारण गरी आफू सुरक्षित रहन र अरुको सहयोग गर्न सम्पूर्ण जनतासँग अपील गरेको छ।

यस घड़ीमा जनमत पार्टीका भातृ संगठनका समस्त युवा तथा स्वयंसेवकहरूलाई बाढ़ी पीडित क्षेत्रमा पुगी उद्धार तथा राहतका कार्यमा सुरक्षित तरीकाले संलग्न भई नेत्तृत्व प्रदान र सेवा दिन समेत निर्देश दिएको छ।

त्यसैगती संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार लगायत अन्य राजनैतिक दल, नागरिक समाज, गैर(सरकारी संघ(संस्थाहरू, युवा क्लबहरू, दातृ संघ(संस्था तथा व्यक्तिहरूसँग पनि राहत तथा उद्धार कार्यमा पीडितसम्म छिटो सेवा पुर्‍याउन आवश्यक समन्वय गर्नका लागि आग्रह समेत गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]

राजविराज । सप्तरीको चिम्टीका अग्निपिडितलाई बलान–बिहुल गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले एक दिनको तलबबराबरको रकम सहयोग गर्ने भएका छन्। बलान–बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले मानवीय संकटमा मलम लगाउन एक दिनको तलब दिने निर्णय गरेको बताए। यादवले चिम्टीका आगलागीपीडितका लागि जे–जति सकिन्छ, जस्तो सकिन्छ सहयोग गरेर पठाउन सप्तरीका क्रियाशील संघसंस्थाहरूसँग आग्रहसमेत गरेका छन्। जनप्रतिनिधि र कर्मचारीहरू गरी […]