२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

कांग्रेस धनुषा र कैलालीको क्रियाशील विवाद मिल्यो

Logo
प्रकाशित सोमबार, आश्विन ०४, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,४ असोज । नेपाली कांग्रेसले १४ औं महाधिवेशनका लागि धनुषा र कैलाली जिल्लाको क्रियाशील विवाद मिलाएको छ । क्रियाशील विवाद समाधान समितिले दुइ जिल्लाको विवाद टुंगोमा पु¥याउन ९ बुँदामा निर्णय गरेर विवाद टुंग्याएको हो ।

नेता कृष्णप्रसाद सिटौंला संयोजक रहेको समितिले असोज ३ मा दुई जिल्लाको विवादमा निर्णय गरेको हो । निर्णय अनुसार धनुषा क्षेत्र नम्बर ४ मा रहेको बट्श्वेर नगरपालिका वडा नम्बर ५ र क्षिरेश्वर नगरपालिका वडा नम्बर १० मा नयाँ क्रियाशील सदस्यहरुले १४ औं महाधिवेशनमा भाग लिन नपाउने भएका छन् । यी वडाहरुमा पुराने क्रियाशील सदस्यहरुबाट महाधिवेशन हुनेछ ।

यस्तै मिथिला बिहारी नगरपालिका वडा नम्बर ६, १० , लक्ष्मिनिया गाउँपालिका वडा नम्बर १ र २ मा वडा सभापतिहरुले सिफारीस गरेको नयाँ क्रियाशील सदस्यतालाई मान्यता दिने निर्णय भएको छ । क्षेत्र र जिल्ला तहबाट थपिएका नामहरु भने १४ औं महाधिवेशन सकिएपछि प्रकृयामा जाने छ ।

क्षिरेश्वर नगरपालिका वडा नम्बर ७ तथा लक्ष्मिनिया गाउँपालिका वडा नम्बर ३,४,५,६ मिथिला बिहारी नगरपालिका २ का साथै जनकपुर उपमहानगरपालिका वडा नम्बर १९ का वडा सभापतिहरुले फर्जी भनिएका क्रियाशील हटाएर वडा सभापतिहरुले सिफारीस गरेको क्रियाशील सदस्यले मात्र १४ औं महाधिवेशनमा भाग लिन पाउनेछन् । धनुषा जिल्लाको क्षेत्र नम्बर ४ मा क्रियाशील सदस्यता विवाद रहेको थियो । डा. चन्द्रमोहन यादव सहितका नेताहरु विवादका कारण केन्द्रीय कार्यालय सानेपामा अनसन बसेका थिए । १३ औं महाधिवेशनमा यो क्षेत्रलाइ महाधिवेशनमा भाग लिन वञ्चित गरिएको थियो ।

समितिले कैलाली जिल्लाको विवादका सम्बन्धमा पनि निर्णय भएको छ । कैलाली जिल्ला क्षेत्र नम्बर १ को टिकारपूर नगरपालिका वडा नम्बर १ मा भने १३ औं महाधिवेशनमा सहभागि भएका क्रियाशील सदस्यहरुले मात्र १४ औं महाधिवेशनमा भाग लिन पाउने भएका छन् ।

समितिले गरेको निर्णय अनुसार धनुषा जिल्लाका लागि भएको निर्णय कार्यान्वयन गर्न केन्द्रीय सदस्यद्वय आन्नद ढुंगाना र जीवन परियारलाई जिम्मा दिइएको छ । यस्तै परियार र अर्का केन्द्रीय सदस्य योगेन्द्र चौधरीले कैलाली जिल्लाको विवाद समाधान गर्ने जिम्मेवारी पनि पाएका छन् । यी नेताहरुले २ जिल्लाका विषयमा कार्यतालिका प्रभावित नहुँने गरि चाँडो कार्यन्वयन गराउनुपर्ने उल्लेख गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । संघीय वन तथा वातावरणमन्त्री नवल किशोर साह सुडीले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सत्ता गठबन्धन नै ढाल्ने कोसिस गरेपछि आफूहरुले नयाँ पार्टी नै गठन गरेको दाबी गरेका छन् । आइतबार निर्वाचन आयोगमा दल दर्ताका लागि पुगेका बहालवाला मन्त्री साहले सरकारको स्थायित्वका लागि आफूहरुले यस्तो कदम चालेको बताए । ‘अध्यक्ष यो सरकारको स्थायित्वको […]

काठमाडौं।सत्तारुढ जनता समाजवादी पार्टी(जसपा) विभाजित भएको छ। जसपाका कार्यकारी अध्यक्ष उपेन्द्र यादव विदेश भ्रमणमा रहेका बेला अर्का संघीय परिषदका अध्यक्ष अशोक राईले अलग दल गठन गनै लागेका हुन्। स्रोतका अनुसार राईको नेतृत्वमा गठन हुने नयाँ दलमा पार्टीका १२ सांसद मध्ये ७ जना सहभागी हुने भएका छन्। राईको पक्षमा वनमन्त्री समेत रहेका नवलकिशोर साह, शुशिला श्रेष्ठ, […]

जनकपुरधाम । धनुषा जिल्लाको विभिन्न क्षेत्रमा केही पार्टीका नेताहरुले जनताको समस्या समाधान गर्नुभन्दा गुण्डागर्दी शैलीमा राजनीति गरिरहेको आरोप जनमत पार्टीका राष्ट्रिय सचिब बीपी साहले लगाएका छन्। जिल्लामा यस्तो गुण्डागर्दीशैलीको राजनीति नचल्ने साहले बताएका छन् । शुक्रबार जनमत पार्टी धनुषाले औरही गाउँपालिकामा आयोजित बृहत्त पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै नेता साहले भने,‘धनुषामा किसानहरुलाई सिचाईको समस्या […]