२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

मामा गाउँ आएका युवराज मामाको छोरासँगै बाढिले बगाए

Logo
प्रकाशित सोमबार, आषाढ ३०, २०७६

प्रीन्स राज झा,जलेश्वर । लगातार वर्षाका कारण महोत्तरीमा दुई बालक नदिमा डुबेर मृत्‍यु भएको छ ।

केही दिन देखी लगातार वर्षाका कारण महोत्तरीको बजराही नदिमा पानीको बहाब उच्च भएको बेला दुई बालक नदी पार गर्न खोज्दा बाढीले बगाएर दुबै जना बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर ८ बजराही घर भएका रोहित चन्द्र ठाकुरका १२ बर्षिय छोरा प्रशान्त ठाकुर र उनकै भन्जा युवराज ठाकुरलाई नदीले दुबै जनाको मृत्‍यु भएको हो ।

मृत्‍यु भएका दुबै बालक मध्ये प्रशानत ठाकुरको सव सोमबार फेला परेको छ भने भान्जा युवराज ठाकुरको सव अहिले सम्मा फेला नपरेको परिवारजनले बताएका छन ।

मामा गाउँ आएका युवराज मामाका छोरासँगै जलेश्वर गइ रहेका बेला बजराही देखि जलेश्वर सडक खण्डमा रहेको बजराही नदीको पानीको बहाव उच्च भएर पार गर्न खोज्दा पानीले दुबैलाई बगाएर लगेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]

राजविराज । सप्तरीको चिम्टीका अग्निपिडितलाई बलान–बिहुल गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले एक दिनको तलबबराबरको रकम सहयोग गर्ने भएका छन्। बलान–बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले मानवीय संकटमा मलम लगाउन एक दिनको तलब दिने निर्णय गरेको बताए। यादवले चिम्टीका आगलागीपीडितका लागि जे–जति सकिन्छ, जस्तो सकिन्छ सहयोग गरेर पठाउन सप्तरीका क्रियाशील संघसंस्थाहरूसँग आग्रहसमेत गरेका छन्। जनप्रतिनिधि र कर्मचारीहरू गरी […]