०८ जेठ २०८१, मंगलबार
21-05-2024 , Tue
×

महोत्तरीमा भ्रष्टाचार विरुद्ध ईन्जिनीयरको आन्दोलन

Logo
प्रकाशित बुधबार, कार्तिक १०, २०७८

न्यूजमधेश डेस्क
जलेश्वर ,१० कार्तिक। महोत्तरी बलबा नगरपालिकाको कार्यालय अगाडी शान्तीपूर्ण धर्ना दिइएको छ ।

स्थानिय ई.बसन्तराज साहको अगुवाईमा नगरवासीहरु विभिन्न सात बुँदे माग सहित धर्ना तथा शान्तिपुर्ण विरोध प्रदर्शन गरिरहेका छन् ।

जनकपुरधामको होटल, पानपसल तथा आफनो घर र चोकचोकबाटै नगरपालिका चलाउने गरेका बल्वाका मेयर बिनोद यादवसंग पटक पटक सुचना माग्दा समेत अटेरी गरेको, नगरपालिकामा पटक्कै नबसि जनकपुरधामबाटै कार्यसम्पादन गर्ने गरेको, किसानहरुको मुआब्जा तथा बाढीपिडितहरुलाई राहत दिन कुनै चासो नदेखाएको, पाँच वर्ष बित्न लाग्दा समेत बजेट किताब सार्वजानिक गर्न नसकेको र लेखा परिक्षण तथा प्रतिवेदनमा व्यापक बेरुजु सहित भ्रष्टाचार गरेको भन्दै उनीहरु सो समस्या समाधानको मांग सहित धर्नामा बसेका हुन ।

उनीहरुले नगरपालिकामा भएको भ्रष्टाचारको छानबिनको मांग समेत गरेका छन् । विभिन्न सात बुँदे मांग सातदिनको अल्टिमेटम भित्र समाधान नभए पुनः कडा आन्दोलन गर्ने उनीहरुको चेतावनी छ ।

उनीहरु मेयरविरुद्व जोडदार नारावाजी गरेका थिए । आफुहरु समस्या समाधानका लागि सञ्चारजगतलाई साक्षी राखेर वार्ता गर्न तयार समेत रहेको उनीहरुको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जलेश्वर । भङ्गहा-जनकपुर-जयनगर रेल्वे सेवा आज बिहानदेखि पुनः सञ्चालन भएको छ । भारतमा जारी लोकसभा निर्वाचनका सन्दर्भमा उक्त सेवा बन्द भएको थियो । महोत्तरी र धनुषासँग सीमा जोडिएका भारतका मधुबनी र सीतामढीमा सोमबार निर्वाचन सम्पन्न भएपछि रेल सेवा प्रारम्भ भएको हो । नेपाल रेल्वे कम्पनी लिमिटेडले जेठ ५ देखि ७ गते सम्म रेल सेवा बन्द […]

पर्सा ।वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा ३९ करोड ८० लाख ३४ हजार एक सय १९ रुपैयाँ राजस्व सङ्कलन गरेको छ। महानगरले गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा तीन करोड १८ लाख ९८ हजार २९ रुपैयाँ बढी सङ्कलन गरेको हो। महानगरले गत आवको १० महिनामा रु ३६ करोड ६१ लाख ३६ […]

काठमाडौँ । सिके राउत नेतृत्वको जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ। माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय भएको जनमतकी प्रमुख सचेतक अनितादेवी साहले जानकारी दिइन् । प्रधानमन्त्रीले आज बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदैछन् । सरकारमा सहभागी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री […]