१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

एमाले अध्यक्षमा डा रावलको उम्मेदवारी घोषणा

Logo
प्रकाशित आइतबार, मंसिर ०५, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,५ मङ्सिर। नेकपा (एमाले)का उपाध्यक्ष डा भीमबहादुर रावलले पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेवारी घोषणा गर्नुभएको छ ।

नेता रावलले आज पत्रकार सम्मेलन गरी पार्टीमा १० बुँदे सहमति र अन्तरपार्टी निर्देशन १३ को सहीरूपमा पालना नभएकामा आलोचना गर्दै मुलुकका सामु विद्यमान चुनौतीको सामना गर्न लागिपर्ने गरी उम्मेदवारी घोषणा गर्नुभएको हो ।

उहाँले यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने राष्ट्रिय महाधिवेशन पार्टीलाई एकताबद्ध, सुसङ्गठित र समयका चुनौतीहरुको सामना गर्नसक्ने गरी क्रियाशील तुल्याउन तथा गत असोजमा सम्पन्न विधान महाधिवेशनबाट पार्टीको विधानलगायतका राजनीतिक र सङ्गठनात्मक दस्तावेजहरु पारित भए पनि त्यसमा उल्लिखित विषयहरुलाई प्राथमिकीकरण गर्दै कार्यान्वयन गर्न तद्नुकूलको नेतृत्व अपरिहार्य हुने बताउनुभयो ।

“पछिल्लो समय उत्पन्न अन्तरद्वन्द्वको व्यवस्थापनका लागि पनि मैले पार्टी अध्यक्ष र अन्य नेताहरुसँग अनेकौँ पटक वार्ता गर्नाका साथै मध्यस्थको समेत भूमिका निर्वाह गरेँ तर आफ्नो अख्तियारीको सीमाबन्धन र निर्णयाधिकारी अरू नै भएकाले वाञ्छित परिणाम हासिल गर्न सकिएन,” नेता रावलले भन्नुभयो, “एमाले सक्षम बनिरहोस् भन्ने भावनाका साथ मतभेद, द्वन्द्व र कटुताका सबै अवरोधहरुलाई बेवास्ता गर्दै म पार्टी एकताको पक्षमा र विभाजन तथा फुटको विपक्षमा उभिएको छु ।

यो कुनै पनि प्रकारको व्यक्तिगत स्वार्थ नराखी जनता र देशको उज्यालो भविष्य र सुरक्षाको एक मात्र लक्ष्य हृदयमा राखेर नै सम्भव भएको थियो । सिद्धान्तनिष्ठ, विधि र पद्धतिसम्मत किसिमले सञ्चालित तथा जनता र देशको सर्वोपरि हितमा समर्पित सशक्त एमाले मेरो चाहना हो ।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिरहा ,१५ भदौ । जनमत पार्टीले मिर्चैया नगरपालिकाको नगर कार्यसमितिको अध्यक्षको जिम्मेवारी अंजय कुमार साहलाई जिम्मेवारी दिएको छ । जनमतले शुक्रबार साहलाई नगर अध्यक्षको जिम्मेवारी दिएको हो । साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था मिर्चैयाका निर्वाचित अध्यक्षसमेत रहेका साह युवा नेताका रूपमा चर्चित र स्थापित छन् । नगर नेतृत्वको जिम्मेवारी पाएपछि साहले पार्टी अध्यक्ष […]

काठमाडौं,१२ भदौ । महोत्तरीको भंगाह नगरपालिकाका मेयर सञ्जिव साहले अश्लिलता प्रदर्शन गर्ने विवादित कार्यक्रम ‘आर्केस्ट्रा’को आयोजनास्थलमै एक युवालाई कुटपीट गर्दै मोबाइल खोसेका छन् । स्थानीय युवा रविन्द्र महत्तोले गाउँमा ‘आर्केस्ट्रा मेला’ लगाएको विषयमा प्रश्न गर्दै कार्यक्रममा उपस्थित मेयरको फोटो भिडियो खिच्न खोज्दा आक्रोशित बन्दै युवामाथि कुटपीटसहित मोबाइल खोसेर लगेका हुन् । ‘आर्केस्ट्रा’ जस्तो संवेदनशिल कार्यक्रम […]