२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

सर्वोच्चको विवाद समाधानका लागि प्रधानमन्त्रीसँग छलफल भएको छ : माधव नेपाल

Logo
प्रकाशित मंगलबार, मंसिर ०७, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,७ मंसिर। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतको विवाद समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भएको बताउनुभएको छ ।

धनुषाको विदेह नगरपालिकास्थित तिकौरियामा आयोजित पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन आउनुभएका अध्यक्ष नेपालले विवाद समाधानका लागि पहल भएको बताउनुभयो । न्यायपालिकाको समस्यालाई छिटोभन्दा छिटो समाधान गर्न आवश्यक रहेको उहाँको भनाइ थियो ।

जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले न्यायालयको विवाद चाँडो समाधान नहुँदा बाहिर नकारात्मक सन्देश गएको बताउनुभयो । वार्ता र संवादकै माध्यमबाट न्यायपालिकाको विवाद समाधान हुने उहाँको भनाइ थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राजविराज । सप्तरीको चिम्टीका अग्निपिडितलाई बलान–बिहुल गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले एक दिनको तलबबराबरको रकम सहयोग गर्ने भएका छन्। बलान–बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले मानवीय संकटमा मलम लगाउन एक दिनको तलब दिने निर्णय गरेको बताए। यादवले चिम्टीका आगलागीपीडितका लागि जे–जति सकिन्छ, जस्तो सकिन्छ सहयोग गरेर पठाउन सप्तरीका क्रियाशील संघसंस्थाहरूसँग आग्रहसमेत गरेका छन्। जनप्रतिनिधि र कर्मचारीहरू गरी […]

महोत्तरी। बालबालिका न हुन्, घरबारविहीन भई खुला आकाशमुनि आउँदा पनि निस्फिक्री जीवन बाँचिरहेका छन्। न छानाको चिन्ता छ न मानाको। चिन्ता छ त केवल ‘खरानीको घर’ अरुको भन्दा राम्रोसँग कसरी ठड्याउने ! यही वैशाख १२ गते आगलागीबाट एक सयभन्दा बढी घर जलेर खरानी भएका महोत्तरीको मटिहानी-६ को जरलहवागाछी बस्तीमा अहिले यस्तै दृश्य देखिन्छन्। घरबास कहिले […]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । २९ वैशाखमा केन्द्रीय समितिको बैठक बोलाइएको छ । उपनिर्वाचनको समीक्षा, समसामयिक अवस्थाका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएको रास्वपाले जनाएको छ । ‘समग्र परिस्थितिको मूल्याङ्कन, चुनावको विश्लेषण लगायतका विषयमा छलफल हुन्छ,’ रास्वपाका एक नेताले भने । शुक्रबार सचिवालयको बैठक बोलाएको छ भने २४ […]