२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

एमाले महाधिवेशन प्रतिनिधिको संख्या २३ सय २७ पुग्यो

Logo
प्रकाशित मंगलबार, मंसिर ०७, २०७८

न्यूजमधेश डेस्क

काठमाडौं ,७ मंसिर । नेकपा एमालेले आसन्न महाधिवेशनका प्रतिनिधिको संख्या बढाएको छ ।

मंगलबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको स्थायी कमिटी बैठकले १०३ जना प्रतिनिधि मनोनीत गर्ने निर्णय गरेको हो ।

यससँगै एमाले महाधिवेशन प्रतिनिधिको संख्या २ हजार ३ सय २७ पुग्ने पुगेको छ । यसअघि एमालेले १ हजार ९ सय ९९ जना महाधिवेशनमा प्रतिनिधि हुने जनाएको थियो ।

सचिव भट्टराईका अनुसार हालसम्म केन्द्रीय कमिटी र केन्द्रीय निकायबाट हुने पदेन प्रतिनिधिको संख्या २ सय ३८ जना, निर्वाचित प्रतिनिधि १ हजार ८ सय ८९ जना रहेका छन् । त्यसैगरी महोत्तरी, रौतहट, प्रदेश नम्बर २ मजदुर प्रतिनिधि र भूतपूर्व सैनिक गरी ६७ जना प्रतिनिधि चयन हुन बाँकी छ ।

हालसम्म ६२ महिलासहित १ सय ९५ जना दलीत र ५ सय ७६ जना महिला प्रतिनिधि महाधिवेशनमा सहभागी हुने भट्टराईले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । २९ वैशाखमा केन्द्रीय समितिको बैठक बोलाइएको छ । उपनिर्वाचनको समीक्षा, समसामयिक अवस्थाका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएको रास्वपाले जनाएको छ । ‘समग्र परिस्थितिको मूल्याङ्कन, चुनावको विश्लेषण लगायतका विषयमा छलफल हुन्छ,’ रास्वपाका एक नेताले भने । शुक्रबार सचिवालयको बैठक बोलाएको छ भने २४ […]

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले उपनिर्वाचनको परिणामपछि यही व्यवस्थाले २०८४ मा पनि नयाँ कुरा नहुने संकेत गरेको टिप्पणी गरेका छन् । इलाम २ मा जनमत पार्टीले ११८ मत (०.१७ प्रतिशत मत) र रास्वपाले ७.३ प्रतिशत मत ल्याएको उल्लेख गरेका छन् । डा.राउतले आफ्नो फेसबुकमा लेखेका छन्, ‘कम भए पनि, अपेक्षाभन्दा फरक चाहिँ […]

काठमाडौं। माइतीघर क्षेत्र लक्षित निषेधाज्ञा हटाइएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले गत फागुन ४ गते दुई महिनाका लागि लागु गरेको माइतीघरदेखि बानेश्वर क्षेत्रसम्मको निषेधाज्ञा हटाएको जानकारी दिएको हो। प्रशासनले हाललाई सुरक्षा चुनौती विश्लेषणको आधारमा निषेधाज्ञा हटाएको बताएको छ।