१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

जनमत पार्टीले थारुहरुलाई कार्यकर्ता होइन नेता बनाउदैछ : परिवेक्षक बीपी साह

Logo
प्रकाशित शनिबार, मंसिर ११, २०७८

न्यूजमधेश डेस्क
टिकापुर ,११ मंसिर ।प्रेस जनमत संघका केन्द्रीय अध्यक्ष एवं केन्द्रीय परिवेक्षक बीपी साहले जनमत पार्टीले थारुहरुलाई कार्यकर्ता होइन नेता बनाउने बताएका छ्न।

जनमत पार्टीले कैलालीस्थित जोशीपुर गाउँपालिकाको प्रथम गाउँपालिका अधिवेशन सम्पन्न गरेको छ।उक्त अधिवेशनबाट पार्टीको गाउँपालिका अध्यक्षमा गणेश डंगौरा निर्वाचित भएका छन्।

शनिबार जोशीपुरको रामनगर बञ्जरियामा भएको जनमत पार्टीको प्रथम गाउँपालिका अधिवेशनबाट डंगौरा अध्यक्षमा निर्वाचित भएका हुन्।

त्यसैगरी उपाध्यक्षमा जुगरानी डंगौरा, सचिवमा राजकुमार डंगौरा र कोषाध्यक्षमा राजकुमारी चौधरी निर्वाचित भएकी छिन्।

प्रेस जनमत संघका केन्द्रीय अध्यक्ष एवं केन्द्रीय परिवेक्षक बीपी साहको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा नेपाली कांग्रेस र जसपाबाट ४५ जनाभन्दा बढी नेता तथा कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छन्।

नगर अधिवेशनको अवसरमा प्रमुख अतिथि साहले थरुहट–थारुवानमा पनि जनमत पार्टी बलियो भएर आउने बताएका छन्।

थारुहरुको पहिचान र अधिकारको लडाईमा अन्य पार्टीभन्दा जनमत पार्टी अगाडि रहेका बताउँदै साहले भने,‘जनमत पार्टीले पूर्वी मधेश कब्जा गरिसकेको छ, अब थरुहट–थारुवान पनि कब्जा गर्नेछ। यहाँको नेतृत्व थारुहरुले नै गर्नेछ। जनमत पार्टीले थारुहरुलाई कार्यकर्ता होइन नेता बनाउँदैछ।’

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष डंगौराले आफूहरुलाई नेपाली कांग्रेस, एमाले, माओवादी र केही मधेशवादी जस्ता पार्टीले बारम्बार शोसन गरेको बताए।

‘कांग्रेसले ठग्यो, एमालेले दमन गर्यो, माओवादीले हत्या गरायो, जसपा–राजपाले भोट लियो तर हाम्रो आन्दोलनलाई नै बेचिदियो।’ अध्यक्ष डंगौराले भने,‘थारुहरुको अबको विकल्प बैज्ञानिक डा.सीके राउतले नेतृत्व गरेको जनमत पार्टी नै हो।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]