२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

महोत्तरीको बलवामा जनमतको प्रथम नगर अधिवेशन सम्पन्न ,अध्यक्षमा साह

Logo
प्रकाशित शनिबार, मंसिर ११, २०७८

न्यूजमधेश डेस्क
महोत्तरी ,११ मंसिर । डा सीके राउत नेतृत्वको जनमत पार्टीले महोत्तरीको बलबा नगरपालिकामा आफ्नो प्रथम नगर अधिवेशन सम्पन्न गर्नुभएको छ ।

शनिबार पार्टीका स्थानीय नेता राम शरण यादवको अध्यक्षतामा परौलबजारमा आयोजित जनमत पार्टी बलवा नगरपालिकाको प्रथम नगर अधिवेशन सम्बोधन गर्दै जनमत पार्टीका केन्द्रीय सदस्य एवम केन्द्रीय परिवेक्षक संजय सिंहले जनमत पार्टीको स्थापना जनता राज ल्याउनको लागि भएको बताउनु भएको हो।

कार्यक्रमको प्रमुख अतिथि .समेत रहेका नेता सिंहले मधेशका समस्याहरु अहिले पनि ज्युको त्यँहु रहेकोले राजनीति बिना विकास र मधेशको परिवर्तन सम्भव नहुने भएपछि जनमत पार्टीको जन्म भएको छ ।

मुलुकको राष्ट्रपति, उपराष्ट्रपति, गृहमन्त्री, बिदेश मन्त्रीसमेत मधेशी नै रहेको बेला मधेशको समस्या समाधान नभएको र मधेश आन्दोलनको नाममा ५४ जनालाई सहिद बनाएर आफूलाई मधेश केन्द्रित दल भन्ने पार्टीहरुले सत्ताका लागि मात्र राजनीति गरिरहेको आरोप समेत उनले लगाए ।

समृद्ध मधेशको परिकल्पनालाई साकार गर्न र सम्पूर्ण मधेशीको अधिकार सुनिश्चित गराउन जनमत पार्टीको जन्म भएको उनको दाबी छ ।

सो सम्पन्न अधिवेशनबाट जनमत पार्टी बलबा नगरपालिकाका नगर अध्यक्षमा संजय साहलाई सर्वसहमतिले चयन गरिएको छ ।

साहको नेतृत्वमा ३३ सदस्यीय नगर कार्यसमिति गठन भएको जिल्ला सचिव बिरेन्द्र मण्डलले जानकारी दिएको हो ।

उक्त नगर अधिवेशनको विशिष्ट अतिथि जनमत पार्टी केन्द्रीय सदस्य मनोहारी देवी बैठा ,केन्द्रीय सदस्य संजय यादव रहेको थिए ।भने अतिथिमा जनमत पार्टी महोत्तरीका अध्यक्ष कोमल यादव ,जिल्ला सचिव बिरेन्द्र मण्डल ,सहसचिव कौशलेन्द्र गिरिको समेत उपस्थितिमा अधिवेशन सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् । सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा अदालतबाट जन्मकैद सजाय पाएका शर्मालाई आज प्रदेशसभाले सांसद पदबाट निलम्बन गरेको हो । जिल्ला अदालत महोत्तरीले असई विकको हत्या प्रकरणमा दोषी ठहर गर्दै सांसद शर्मासहित ७ जनालाई ०८० मंसिर २८ मा जन्मकैदको सजाय […]

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]