१९ बैशाख २०८१, बुधबार
01-05-2024 , Wed
×

माओवादी केन्द्रकाे राष्ट्रिय सम्मेलन : प्रवेश शुल्क २ हजार रुपैयाँ ताेकियाे

Logo
प्रकाशित शुक्रबार, मंसिर १७, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,१८ मंसिर ।नेकपा (माओवादी केन्द्र) ले पार्टीकाे राष्ट्रिय सम्मेलनमा आउने प्रत्येक सदस्यलाई प्रवेश शुल्क दुई हजार रुपैयाँ ताेकेकाे छ ।शुक्रवार पार्टी कार्यालय पेरिसडाँडामा बसेकाे स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनमा आउने प्रत्येक सदस्यलाई प्रवेश शुल्क दुई हजार रुपैयाँ ताेकेकाे पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताउनुभयाे ।

यस्तै स्थायी कमिटी बैठकले विधान परिमार्जन गर्न पाँच सदस्यीय उपसमिति बनाउने निर्णय गरेको छ । विधान परिमार्जन उपसमितिमा देव गुरुङ, पम्फा भुसाल, लीलामणि पोखरेल, जनार्दन शर्मा र मातृका यादव रहनुभएको छ । याे उपसमितिले आउँदो मङ्सिर २५ गतेसम्म विधान परिमार्जन गरिसक्ने पार्टी प्रवक्ता महराले बताउनुभयो ।

यस्तै बैठकले राष्ट्रिय सम्मेलनका लागि व्यवस्थापन उपसमितिहरू बनाइएको बताउनुभयो । बैठकले हितमान शाक्यको नेतृत्वमा व्यवस्थापन उपसमिति र कृष्णबहादुर महराको नेतृत्वमा प्रचारप्रसार उपसमिति बनाउने निर्णय गरेको छ । त्यस्तै बैठकले राष्ट्रिय सम्मेलनका लागि स्वयंसेवक उपसमिति र स्वास्थ्य उपसमिति बनाउने निर्णय गरेको पनि बताउनुभयो ।

प्रवक्ता महराले भन्नुभयो, ‘राष्ट्रिय सम्मेलनको विषयमा प्रतिनिधि चयनका निम्ति हरेक प्रदेशले ३० जना ल्याउने र बाँकी पार्टी सदस्य नवीकरणको सङ्ख्याको आधारमा कुन प्रदेशले कति गर्‍याे त्यसको आधारमा गर्ने भन्ने निर्णय गरिएको छ । आउने प्रतिनिधिहरूको प्रवेश शुल्क तोकिएको छ । प्रत्येक पार्टी सदस्यलाई दुई हजार रुपैयाँ प्रवेश शुल्क तोकिएको छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । २९ वैशाखमा केन्द्रीय समितिको बैठक बोलाइएको छ । उपनिर्वाचनको समीक्षा, समसामयिक अवस्थाका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएको रास्वपाले जनाएको छ । ‘समग्र परिस्थितिको मूल्याङ्कन, चुनावको विश्लेषण लगायतका विषयमा छलफल हुन्छ,’ रास्वपाका एक नेताले भने । शुक्रबार सचिवालयको बैठक बोलाएको छ भने २४ […]

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले उपनिर्वाचनको परिणामपछि यही व्यवस्थाले २०८४ मा पनि नयाँ कुरा नहुने संकेत गरेको टिप्पणी गरेका छन् । इलाम २ मा जनमत पार्टीले ११८ मत (०.१७ प्रतिशत मत) र रास्वपाले ७.३ प्रतिशत मत ल्याएको उल्लेख गरेका छन् । डा.राउतले आफ्नो फेसबुकमा लेखेका छन्, ‘कम भए पनि, अपेक्षाभन्दा फरक चाहिँ […]

जनकपुरधाम । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौँमा भएको राप्रपाको प्रदर्शनमा दमन गर्न सुरक्षा निकायलाई निर्देशन नदिएको बताएका छन् । मधेश प्रदेशमा पुगेका लामिछानेले जनकपुरधाममा आयोजित मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठीको समापन सत्रमा बोल्दै सुरक्षा निकायलाई दमन गर्न निर्देशन नदिएको दाबी गरेका हुन् । उनले भने, ‘अधिकतम लचकता र सहनशीलता देखाउन भनेको छु । प्रदर्शन गर्दा […]