२० फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

कांग्रेस महामन्त्रीमा पराजित भएपछि रक्षामन्त्री रिजालद्वारा राजीनामा

Logo
प्रकाशित बिहिबार, पुष ०१, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,१ पुस । कांग्रेस महामन्त्रीमा पराजित भएपछि रक्षा मन्त्री मीनेन्द्र रिजालले मन्त्रीबाट राजीनामा दिएका छन् । उनले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवलाई राजीनामा पत्र बुझाएका हुन् ।

कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्री उम्मेदवार बनेका रिजाल पराजय भएका थिए । महामन्त्री पदका लागि ६ जनाले उम्मेदवारी दिएका थिए । महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् ।

अन्तिम मत परिणामअनुसार गगनले ३०२३ मत पाएका छन् भने विश्वप्रकाशले १९८४ मत पाएका छन् । त्यसै डा प्रकाशशरण महतले १५५०, प्रदीप पौडेल १४०९, डा रिजालले ८०९ र डा राजाराम कार्कीले १०७ मत ल्याएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

नेपालगञ्ज : सशस्त्र द्वन्द्वका क्रममा पीडित भएकाहरूले दैनिक रूपमा घर गुजारा चलाउन र नियमित औषधि सेवनमा समेत कठिनाइ भएको गुनासो गरेका छन् । विस्तृत शान्ति सम्झौता, सङ्क्रमणकालीन न्याय र द्वन्द्वपीडितको न्यायका सवालमा आज यहाँ आयोजना गरिएको अन्तरक्रियामा उहाँहरूले शान्ति प्रक्रिया टुङ्गोमा नलाग्दा वास्तविक पीडितले राहत, पुनःस्थापनालगायत सेवा पाउनबाट वञ्चित भएको बताउनुभएको छ । नेपालगञ्जकी द्वन्द्वपीडित […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]