२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

राजधानी सम्पर्क बिहिन भएपछि पूर्व र दक्षिणी भेगका जनता समस्यामा

Logo
प्रकाशित बिहिबार, साउन ०२, २०७६

गोविन्द ठाकुर, जनकपुरधाम । लगातारको बर्षाले आएको बाढीले गरेको क्षतिको कारण जनकपुर जलेश्वर सडक खण्डमा हालसम्म पनि कुनै सवारी साधन चल्न पाएको छैन । जनकपुर , जलेश्वर , भिठामोड राजमार्ग अन्तर्गतको पिपरा स्थित करिब ३० मिटर भन्दा बढी बाटो बाढिले बगाएपछि अहिले उक्त क्षेत्रका जनता तथा यात्रुहरूलाई सास्ति भएको हो ।

सम्बन्धित निकाय मौन बसेका कारण यात्रुलाई टयुवको बेर नाउ बनाइ ओहर दोहर गर्न मजबुर भएको छन । प्रदेशको राजधानी सम्पर्क बिहिन भएपछि जनकपुरधाम देखि पूर्व र दक्षिणी भेगका जनताहरुलाइ बढी समस्या भएको हो । स्थानीयका अनुसार बालबालिका ,वृद्धि र गर्भवती महिलाहरुलाई बढी समस्या देखिने भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी। बालबालिका न हुन्, घरबारविहीन भई खुला आकाशमुनि आउँदा पनि निस्फिक्री जीवन बाँचिरहेका छन्। न छानाको चिन्ता छ न मानाको। चिन्ता छ त केवल ‘खरानीको घर’ अरुको भन्दा राम्रोसँग कसरी ठड्याउने ! यही वैशाख १२ गते आगलागीबाट एक सयभन्दा बढी घर जलेर खरानी भएका महोत्तरीको मटिहानी-६ को जरलहवागाछी बस्तीमा अहिले यस्तै दृश्य देखिन्छन्। घरबास कहिले […]

महोत्तरी । अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री सेल्सियसको सेरोफेरोमा छ । प्रचण्ड रापसँगैको तातो हावाका बीच पनि यहाँ गृहिणी भने बर्खा यामका लागि ‘गुइँठा’ बनाउन व्यस्त छन् । मधेसमा खाना पकाउने इन्धनको जोहोमा ‘गुइँठा’ बनाउने व्यस्तता बढेको हो । बर्खामास खाना पकाउन यहाँका गृहिणी जेठसम्म ‘गुइँठा’ बनाउने काममा व्यस्त हुन्छन् । […]

काठमाडौं। भारतीय जनता पार्टी (भाजपा) ले जारी लोकसभा निर्वाचनको अवलोकनका लागि नेपालसहितका विभिन्न १० देशका १८ राजनीतिक दलका प्रतिनिधिहरूलाई निम्ता दिएको छ । भाजपाका विदेश विभाग इन्चार्ज डा. विजय चौथाइवालेले आज जारी गरेको विज्ञप्तिमा नेपालका पाँच दललाई समेत निम्ता गरिएको उल्लेख छ । प्रमुख दल नेपाली काँग्रेस, सत्तारुढ दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय […]