२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

गैर यादवले साथ छोड्न थालेपछि दलित फकाउँदै उपेन्द्र , मधेसी समुदायबाटै विरोध

Logo
प्रकाशित आइतबार, पुष १८, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,१८ पुष । जातिय राजनितिलाई आधार बनाएर देशको विभिन्न कालखण्डामा युद्धको अवस्था सिर्जना गरी सत्ताको उँचाईमा पुगेका जनता समाजवादी पार्टीका (जसपा) का अध्यक्ष उपेन्द्र यादवले पुनः एकपटक दलितहरुको नाममा देशलाई अराजकतातर्फ लैजाले वक्तव्य दिएका छन् ।

वर्ग व्यवस्थाले देशमा विभेद बढाएको भन्दै दलितहरुकोलागी आरक्षित निर्वाचन क्षेत्रको व्यवस्था हुनुपर्ने भन्दै यादवले पुनः एकपटक देशमा जातिय बिद्रोहको बिजारोपण गरेको बिश्लेषकहरुले बताएका छन् ।

शनिवार जनकपुरमा समाजवादी दलित मुक्ति संगठन नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष यादवले मुलुकलाई समाजवादको दिशामा अग्रसर हुन वर्ण र वर्ग व्यवस्था अवरोधकको रुपमा रहेकोले त्यसको बिरुद्ध बिद्रोह गनुपर्ने बताएका हुन् ।

२०६३–६४ देखी मधेसमा जातिय आन्दोलनको बिजारोपण गरेका यादवले मधेस र मधेसीको नाममा राजनिति गरिआएका छन् ।

पछिल्लो समय मधेसभित्रै यादववादी राजनिति गरेर सत्ताको उँचाईमा पुगेका यादव आफ्नो पार्टीको नाम बाटै मधेस शब्द हटाएर मधेसभरी आलोचित छन् ।

प्रत्येक पटक सत्तामा पुग्न नयाँ–नयाँ हतकण्डा अपनाउन चतुर मानिएका यादव आउँदो निर्वाचनलाई लक्षित गर्दै दलितहरुको भोटबैंकलाई आफ्नो पक्षमा पार्न यस्तो अभिव्यक्ति दिएको मधेसका जानकारहरु बताउँछन् ।

पटक–पटक सम्पुर्ण जातका मधेसी समुदायको कुरागरी सरकार तथा राज्यको बिभिन्न निकायमा प्रतिनिधित्व गर्नेबेला यादव जातीलाई मात्रै स्थान दिएका उपेन्द्रलाई गैरयादव मधेसीहरुले एकाएक उनको सांथ छोड्नथालेपछी दलितहरुलाई झाँसामा पार्नखोजेको आम मधेसी नागरिकको बुझाई छ ।

मधेस मामिलाका जानकार तथा मधेसी नागरिक समाजका संयोजक गणेश कुमार मण्डलले उपेन्द्रलाई एकल जातिय आतंकवादको पृष्टपोषक भएको बताएका छन् ।

मण्डलले भनेका छन् ‘दलित लाई आरक्षित निर्वाचन क्षेत्र चाहिन्छ भन्ने गफाडीको गफ धेरै भयो । उपेन्द्र यादवले २०६४ साल देखि अहिलेसम्म आफ्नो जात बाहेक कुन दलितलाई केन्द्रिय मन्त्री र प्रदेश सरकारमा मन्त्री बानाए ?, अब मधेशमा कुनै बहानाबाजी चल्ने छैन सिर्फ जातीय आतंकवाद र जंगली राज्य बाट मुक्ति चाहिन्छ ।’

नेपालको संबिधानमै दलितहरुलाई निर्वाचन, शिक्षा, रोजगार लगायत विभिन्न निकायहरुमा आरक्षणको व्यवस्था गरिसकेको अवस्थामा कुनैवर्गलाई लालच दिएर बिद्रोहमा होमिन प्रेरित गर्ने उपेन्द्र यादवको वक्तव्य देशैभरी आलोचित भईरहेको छ ।

नागरिकले उपेन्द्रको पछिल्लो अवस्थामा देखिएको यादववादबाट बिक्षिप्त जसपाका गैर यादव नेता तथा कार्यकर्ताहरुले धमाधम पार्टी छोड्न थालेपछी उनी दलितहरुलाई फकाउन उद्दत रहेको बताएका छन् ।नेपाली पब्लिकबाट लिएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् । सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा अदालतबाट जन्मकैद सजाय पाएका शर्मालाई आज प्रदेशसभाले सांसद पदबाट निलम्बन गरेको हो । जिल्ला अदालत महोत्तरीले असई विकको हत्या प्रकरणमा दोषी ठहर गर्दै सांसद शर्मासहित ७ जनालाई ०८० मंसिर २८ मा जन्मकैदको सजाय […]

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]