१७ बैशाख २०८१, सोमबार
29-04-2024 , Mon
×

किसान आन्दोलन : १९ दिनपछि जनमतको जिल्ला अध्यक्ष कुशवाहासहित ३ जना रिहा

Logo
प्रकाशित शुक्रबार, माघ ०७, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,७ माघ।किसान आन्दोलनको क्रममा पक्राउ परेका जनमत पार्टी धनुषा अध्यक्षसहित तीन जना रिहा भएको छ।

रिहा हुनेमा जनमत पार्टी धनुषा अध्यक्ष ओम बिक्रम कुशवाहा,जिल्ला सहसचिव नवीन पण्डित र जिल्ला सदस्य चन्द्रकिशोर साह रहेको छ।

रिहा हुनलगतै जनमत पार्टीका नेता कार्यकर्ताहरुले अध्यक्ष कुशवाहा,सहसचिव पण्डित र जिल्ला सदस्य साहलाई फुलमाला र अबिर लगाएर स्वागत गरेको छ।

उनिहरुलाई धनुषाको बिरेन्द्रबजारबाट आन्दोलन गरेर घर फर्किरहेको बेलामा प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको थिए।

जिल्ला अदालत धनुषाको आदेशपछि उनिहरु साधारण तारीखमा रिहा भएका हुन ।पक्राउ परेको १९ दिनपछि आज रिहा भएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

काठमाडौं। अल नासेर ओभरसिजले दुईदेखि तीन लाख रुपैयाँसम्म लिएर कतारको इमदाद अलक्युबिदा कम्पनीमा पठाएका ५५ नेपाली कामदार भोकभोकै अलपत्र परेका छन् । जसमा महिलासमेत छन् । कम्पनीले तलब नदिनुका साथै खाने व्यवस्थासमेत नगर्दा उनीहरूको बिजोग भएको हो । उनीहरूलाई कम्पनीले ३ देखि ५ महिनासम्मको तलब दिएको छैन । दोहास्थित नेपाली दूतावासले खानाको व्यवस्था गर्न अल नासेर ओभरसिज र इमदाद […]

महोत्तरी। मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज श्रद्धापूर्वक वासन्ती छठ मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन व्रतालुले निराहार व्रत सुरु गरेका छन् । यसअघि गत शुक्रबार चैत शुक्ल चौथी (चतुर्थी)का दिन ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गरेका व्रतालुले हिजो शनिबार पञ्चमी […]