१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

जनमतले नाङ्लो जुलुस प्रदर्शन गर्ने : स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह

Logo
प्रकाशित आइतबार, माघ ०९, २०७८

जनकपुरधाम, ९ माघ । डा. सि. के राउत नेतृत्वको जनमत पार्टीले आज (आइतवार) नाङ्लो जुलुस प्रदर्शन गर्ने भएको छ । किसानहरुको मागलाई नेपाल सरकारले हालसम्म बेवास्ता गर्नुका साथै आन्दोलनमाथि दमन गर्न खोजेकाले आन्दोलनलाई निरन्तरता दिएकाे हाे ।

पार्टीले किसानहरुको विभिन्न माग राख्दै निरन्तर प्रदर्शन गर्दै आएका छन् । पार्टीले आह्वान गरे अनुसार स्थानियतहमा हिजो (शनिवार) समेत किसानहरुले बाल्टिन लिएर जुलुस प्रदर्शन गरिएकोे थियो ।
समयमा मलखाद्य र सिचाईको उचित व्यवस्था, उखु किसानको भुक्तानी, किसान कार्डको व्यवस्था, किसानमाथिको दमन बन्द गर्नु पर्ने, किसानमाथि लगाइएको झुठा मुदा खारेज गर्नुपर्ने, फसलको उचित मुल्य निर्धारण गर लगायतका नाराहरुसहित प्रदर्शनमा उत्रिएको थियो । कोरोना भाइरसको संक्रमण बढदै गएकोले भौतिक दुरी तथा मास्कको प्रयोग गरी कार्यक्रम गराउने पार्टीले निर्देशन दिएको छ । स्थानीय प्रशासनले तोकेको मापदण्ड पालना गर्न समेत पार्टीले आग्रह गरेका छन् । गत पुस ३० गते विभिन्न जिल्लाको सदरमुकाममा समेत किसान महार्‍याली प्रदर्शन गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]