२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

मञ्जिता जन्मदिन मनाउन किसान आन्दोलनमा आर्थिक सहयोग गरियो

Logo
प्रकाशित बिहिबार, माघ २०, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,२० माघ। १५ वर्षीया मञ्जिता साहले आफ्नो जन्मदिन मनाउने पैसा किसान आन्दोलनमा सहयोग गरेकी छिन्।

सुनसरी स्थायी घर भएकी मञ्जिता काठमाडौंस्थित सैनिक महाविद्यालयमा कक्षा ९ मा अध्ययनरत छिन्।

आफ्नो परिवारका सदस्यहरु पनि किसान भएकोले र किसानको लागि आन्दोलन भइरहेकोले आफ्नो जन्मदिनमा खर्च हुने रकम आन्दोलनमा सहयोग गरेको बताइन्।

किसान आन्दोलनका लागि आर्थिक सहयोग माग गरिएको बैंक अकाण्टमा मञ्जिताको परिवारबाट ११ हजार रुपैंया पठाइएको छ।

मञ्जिताले किसान आन्दोलनमा सहयोग गर्न पनि आग्रह गरेकी छिन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]

राजविराज । सप्तरीको चिम्टीका अग्निपिडितलाई बलान–बिहुल गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले एक दिनको तलबबराबरको रकम सहयोग गर्ने भएका छन्। बलान–बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले मानवीय संकटमा मलम लगाउन एक दिनको तलब दिने निर्णय गरेको बताए। यादवले चिम्टीका आगलागीपीडितका लागि जे–जति सकिन्छ, जस्तो सकिन्छ सहयोग गरेर पठाउन सप्तरीका क्रियाशील संघसंस्थाहरूसँग आग्रहसमेत गरेका छन्। जनप्रतिनिधि र कर्मचारीहरू गरी […]