०१ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

जसपा फुटको सँघारमा

Logo
प्रकाशित बुधबार, फाल्गुण ११, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,११ फागुन।जनता समाजवादी पार्टी (जसपा)मा फुटको सँघारमा पुगेको छ । पछिल्लो समय पार्टीमा विवाद चुलिएपछि जसपा फुट्को सँघारमा पुगेको हो । जसपाका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र पार्टी अध्यक्ष उपेन्द्र यादवबीच खटपट भएको कारण विवाद चुलिदै गएको छ । दुई नेताबीच एकले अर्कोलाई सिध्याउने खेलमा लागेका छन् ।

भट्टराई र यादव बीच एमसीसीबारे फरक मत छ । उसोत माओवादीबाट विद्रोह गरेर आएका भट्टराइलार्ई पछिल्लो समय यादवले माओवादी अध्यक्षसँग बटाएको हिमचिम समेत ठिक लागिरहेको छैन । भट्टराई पक्षधरहरू पार्टी अध्यक्ष यादव राष्ट्रिय मूलधारको राजनीतिमा आइपुग्दा पनि मधेसमा मात्रै सीमित भएकाले पनि पार्टी फुटको सँघारमा पुगेको आरोप लगाउँछन् ।

त्यस्तै डा. भट्टराईले समावेशी र सामूहिक नेतृत्वको कुरा गर्दा यादवले भने नेतृत्व केन्द्रीकरण गर्न चाहेकाले पनि जसपा फुट्को विकल्प छैन ।

अझ एमसीसीको पक्षमा यादवको मौनताले भट्टराई पक्षधर क्रुद्ध छ । एमसीसी टेबल भएर पास या फेल गर्ने समय आउनै लाग्दासमेत अहिलेसम्म जसपा संसदीय दलको बैठक बस्न सकेको छैन । न त छलफल नै चलेको छ । केन्द्रीय बैठक त दुई वर्षदेखि कराउँदा–कराउँदा गत फागुन १३ गते बल्ल बोलाइएको थियो।

अध्यक्ष यादव अहिले पाटीमा अल्पमतमा छन् जसकारण पनि उहाँ हतारमा कुनै बैठक राख्न चाहिरहेका देखिँदैनन् । यही कारण जसपा फुट्को सँघारमा पुगेको जसपाका भित्रैका नेताहरूको भनाई छ ।जसपाका नेताहरुले भन्छ,’संघीय अध्यक्ष डा बाबुराम भट्टराईले पार्टी कब्जा गर्ने योजनामा रहेको उनिहरु बताउछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]