०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

नेपाल इन्जिनियर्स एशोसिएशनको मधेश अध्यक्षमा पण्डित निर्वाचित

Logo
प्रकाशित बिहिबार, चैत्र ०३, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,३ चैत्र । नेपाल इन्जिनियर्स एशोसिएशनको मधेश प्रदेश अध्यक्षमा गौरी पण्डित ४ सय ३ मत ल्याएर निर्वाचित भएका छन् ।

पण्डितले गैर राजनीतिक इन्जिनियर संगठन नेशनल इन्जिनियर्स एशोसिएसन नेपालको तर्फबाट उम्मेदवारी दिएका थिए ।

जनता समाजवादी पार्टी (जसपा), नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको संयुक्त गठबन्धनबाट उम्मेदवार बनेका उम्मेदवार श्यामकिशोर यादवले ३ सय ५१ मत ल्याए भने कांग्रेसनिकट राजेश यादवले १ सय ७१ मत पाए ।

अध्यक्ष पदका अर्का उम्मेदवार दीपेन्द्रकुमार साहले २३७ र इन्द्रभूषण झाले ८१ मत प्राप्त गरे । उपाध्यक्षमा गठबन्धनका उम्मेदवार कार्तिकेश झा ३२४ मत ल्याएर र सचिवमा गठबन्धनकै रामनारायण यादवले ३७५ मत ल्याएर निर्वाचित भए ।

सहसचिवमा कांग्रेस निकट रामइश्वर यादव ४२६ मत ल्याएर निर्वाचित भएभने कोषाध्यक्षमा गैर राजनीतिक संगठनका तेजनारायण यादव ४ सय ३० मत ल्याएर विजयी भएका छन् ।

सदस्यमा नेहा कर्ण ४९०, सितेश कुमार यादव ४२८, अंचली ठाकुर ३ सय ९६, प्रबीणकुमार यादव ३८३, रबीकुमार साह ३ सय ६७, प्रियांसु कुमार गुप्ता ३६०, सुमी मिश्रा ३ सय ५२, रीताकुमारी यादव ३५२, दीपककुमार मण्डल ३४०, बिनिताकुमारी यादव ३४० मत ल्याएर निर्वाचित भएका छन् । यसमध्ये ७ जना आफ्नो संगठनबाट निर्वाचित भएको गैर राजनीतिक संगठनले जनाएको छ ।

प्रदेशबाट केन्द्रीय सदस्यमा गठबन्धनका सञ्जय कुमार यादव ४२१ मत ल्याएर निर्वाचित भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]