१९ बैशाख २०८१, बुधबार
01-05-2024 , Wed
×

सांसद उमाशंकर अरगरियाद्वारा जनकपुर अञ्चल अस्पताल निरिक्षण: बजेट थप्न सरकारलाई अग्रह

Logo
प्रकाशित मंगलबार, साउन ०७, २०७६

जनकपुरधाम।समाजवादी पार्टी नेपालका संघीय दलका प्रमुख सचेतक एवम प्रतिनिधि सभा सदस्य सांसद उमाशंकर अरगरियाले मंगलबार जनकपुर अञ्चल अस्पतालको निरीक्षण गरिएको छ।

सांसद अरगरियाले गत असार ३१ गते देखीलगातार एक सप्ताह धनुषा जिल्लाको निर्वाचन क्षेत्र न २ का बाढी प्रभावित क्षेत्रमा स्थलगत निरिक्षणको क्रममा बाढीबाट घाइते भएका पीडित परिवारहरुको लागि उपचारमा सहज बनाउनका लागि अस्पतालको मेसु डा नागेन्द्र प्रसाद यादवसंग अस्पतालमा पुगेर छलफल गरेको छ ।

त्यसपछी अस्पतालको आकास्मिक कक्षमा रहेको बिरामीहरु संग भेटघाट समेत गरिएको नेता अरगरियाको स्वकीय सचिव प्रमोद अधिकारीले बताएको छ।

अधिकारिले भने एक हप्तादेखि लगातार दिन रात गरेर नेता अरगरियाले आफ्नो निर्वाचन क्षेत्रमा बाढी प्रभावित क्षेत्रको अनुगमनको क्रममा देखिएको समस्याका बारेमा भोलि बुधबार संघीय सांसदमा आवाज उठाउने छ।
यस अस्पतालको बिकास र सेवाग्राहिलाई सुलभ सेवा प्रदान गर्न बजेट थप गर्न सरकार संग आग्रह गरेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले उपनिर्वाचनको परिणामपछि यही व्यवस्थाले २०८४ मा पनि नयाँ कुरा नहुने संकेत गरेको टिप्पणी गरेका छन् । इलाम २ मा जनमत पार्टीले ११८ मत (०.१७ प्रतिशत मत) र रास्वपाले ७.३ प्रतिशत मत ल्याएको उल्लेख गरेका छन् । डा.राउतले आफ्नो फेसबुकमा लेखेका छन्, ‘कम भए पनि, अपेक्षाभन्दा फरक चाहिँ […]

जनकपुरधाम । जनकपुरधामको अक्षर विद्या मन्दिरले स्टाफको बालबालिकालाई नपढाउने गरेको रहस्य खुलेको छ । सोही विद्यालयमा चालक पदमा कार्यरत्त जनकपुरधाम उपमहानगरपालिका २ का सोमनाथ यादवको छोरालाई भर्ना लिन नमानेको हो । यादव चार महिनादेखि सोही विद्यालयमा कार्यरत्त छन् । तीन वर्ष पुगेका उनले छोरालाई नर्सरी भर्ना गराउन जाँदा विद्यालयका लेखापाल धमेन्द्र यादवले हप्काएर पठाएको उनले […]

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]