१६ बैशाख २०८१, आइतबार
28-04-2024 , Sun
×

ब्लड क्यान्सर पीडित पिंकी साहलाई जिल्ला युवा संजालको समन्वयमा आर्थिक सहयोग

Logo
प्रकाशित बिहिबार, साउन ०९, २०७६

कुलदिप दास (प्रेम),जनकपुरधाम ।आर्थिक अभावका कारण उपचारमा समस्या परेका ब्लड क्यान्सर पिडित पिंकी साहलाई जिल्ला युवा संजाल धनुषाको समन्वयमा एसाेसिएसन अल नेपाल तराई ईन अष्ट्रेलिया एन्टाले आर्थिक सहयाेग गरेका हुन।

ब्लड क्यान्सरलाई जितेर अाफु र अफ्नाे डेढ महिनाकी छाेरीलाइ बचाउने चाहना राखेकी पिंकीलाई एन्टाले अष्ट्रेलियामा चन्दा संकलन गरेर ११४८ अष्ट्रेलियन डलर सञ्जालको समन्वय गरेर सहयाेग गरेकाे एन्टाका निवर्तमान काेषाध्यक्ष सनत गुप्ताले जनाउनु भयाे ।

जिल्ला युवा संजाल, धनुषाकाे समंनवयनमा एन्टाले उठाएकाे रकम सञ्जाल का काठमाडौं का प्रतिनिधि सुसान्त साह ले पिडित को डेरामा गएर पिंकी साहलाइ बुझाएकाे सञ्जाल का महासचिब कुलदिप साहले जनाउनु भयाे ।

जनकपुर उपमहानगरपालिका–१ कि ३५ वर्षीया पिंकी कुमारी साहको आर्थिक अभावका कारण उपचारमा गर्न समस्या परेको उनका परिवारले जनाएकाे थियाे। गएको वैशाख ३१ गते छोरीलाई जन्म दिएकी उनको काठमाडौंस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)मा उपचार भइरहेको छ । चार महिनादेखि सिभिल अस्पतालमा उपचाररत पिंकीको अझै १० महिना उपचार गर्नुपर्नेछ ।

भबिस्यमा पनि अरु संघ संस्था संग समन्वय गरेर आर्थिक सहयोग गर्ने छौ हामी जिल्ला युवा सञ्जाल धनुषा को महासचिव कुलदिप साहले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

काठमाडौं। अल नासेर ओभरसिजले दुईदेखि तीन लाख रुपैयाँसम्म लिएर कतारको इमदाद अलक्युबिदा कम्पनीमा पठाएका ५५ नेपाली कामदार भोकभोकै अलपत्र परेका छन् । जसमा महिलासमेत छन् । कम्पनीले तलब नदिनुका साथै खाने व्यवस्थासमेत नगर्दा उनीहरूको बिजोग भएको हो । उनीहरूलाई कम्पनीले ३ देखि ५ महिनासम्मको तलब दिएको छैन । दोहास्थित नेपाली दूतावासले खानाको व्यवस्था गर्न अल नासेर ओभरसिज र इमदाद […]

काठमाडौँ । देशभरका इस्लाम धर्मावलम्बीले आज इद–उल-फित्र (इद)मनाउँदै छन् । तीस दिन व्रत पूरा भएपछि अर्को दिन मनाइने पर्व हो । बुधबार चन्द्रमा नदेखिएकाले आज इद मनाउने निर्णय भएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताए । मुस्लिम धर्मअनुसार ‘रोजा’, ‘जकात’, ‘हज’, ‘नमाज’ र ‘कलमा’ गरी पाँच स्तम्भ हुन्छन् । रमजानलाई पवित्र महिना मानिन्छ । […]