१८ बैशाख २०८१, मंगलबार
30-04-2024 , Tue
×

नेपालमा पहिलाे पटक देखा पर्‍याे ‘अफ्रिकन स्वाइन फिभर’

Logo
प्रकाशित आइतबार, जेठ ०८, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं ,८ जेष्ठ। नेपालमा पहिलो पटक ‘अफ्रिकन स्वाइन फिभर’ नामक भाइरस देखा परेको छ । काठमाण्डौको विभिन्न ठाउँको सुँगुरको नमुना परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर नामक भाइरस फेला परेको पशु सेवा विभागका महानिर्देशक डा. रामनन्दन तिवारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार काठमाण्डौको कागेश्वरी मनहरा, कीर्तिपुर, चन्द्रागिरि, टोखा, दक्षिणकाली, ललितपुरको गोदावरी नगरपालिका १२ र भक्तपुरको चाँगुनारायण क्षेत्रमा फैलिएको सङ्क्रमणका कारण अहिलेसम्म एक हजार १९ वटा सुँगुर मरिसकेका छन् । एक हजार चार सय २६ वटा शङ्कास्पद र एक हजार तीन सय ६४ वटा सुँगुर बिरामी परेका छन् ।

‘बर्ड फ्लु’ जस्तै प्रकृतिको यो भाइरस घरपालुवा सुँगुर, बङ्गुर र जङ्गली बँदेल प्रजातिमा देखा पर्ने भाइरस हो । यो रोग पशुबाट मानिसमा भने सर्दैन । यो रोगबाट सङ्क्रमण भएमा सुँगुरमा उच्च ज्वरो आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिर छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखानेजस्ता लक्षण देखा पर्छ ।

विभागका अनुसार यो उच्च मृत्यु दर भएको अति खतरनाक महामारीजन्य सरुवा रोग हो । महानिर्देशक तिवारीले यो रोगविरुद्ध अहिलेसम्म कुनै खोप उपलब्ध नभएकाले सर्तकता नअपनाइएमा ठूला आर्थिक क्षति गराउने सक्ने बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगंज। वीरगंज महानगरपालिकासहितको संयुक्त अनुगमन टोलीले वीरगंजको नेशनल मेडिकल कलेजको प्रयोगशालामा म्याद गुज्रिएको ‘केमिकल’ र ‘रिएजेन्ट’ प्रयोग भएको फेला पारेको छ। संयुक्त अनुगमन टोलीले आज वीरगंजमा अवस्थित मेडिकल कलेजको ल्याबमा प्रयोग भएका ३३ थरिका केमिकल र रिएजेन्टसहित मेडिकल कलेजका प्रबन्ध निर्देशक र ल्याब प्रमुखलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केशर न्यौपानेले […]

जनकपुरधाम । सिरहाको मिर्चैया बजारस्थित मिर्चैया अस्पतालको लापरवाहीले एक सुत्केरी महिलाको मृत्यु भएको आरोप लागेको छ । अस्पतालमा बिहिवार विहान ७ः३५ बजे मिर्चैया नगरपालिकाका ५ की २६ वर्षीया अल्का साहको सुत्केरी गराएको थियो । उनले छोरालाई जन्म दिइन् । तर उनलाई अत्यधिक रक्तस्राव भएपछि अस्पतालले रेफर गर्यो । आफन्तले अल्कालाई विराटनगरको नोबेल अस्पताल लगियो । […]

रुपन्देही। कपिलवस्तु अस्पतालको इमर्जेन्सी बेडमा कुकुर बसेको विषय सार्वजनिक भएपछि अस्पताल प्रशासनले तीन स्वास्थ्यकर्मीलाई निलम्बन गरेको छ । अस्पतालको इमर्जेन्सी विभागमा २४ घण्टा स्वास्थ्यकर्मी खटिनुपर्ने भएपनि इमर्जेन्सी कक्षको बेडमा कुकुर गएर सुतेपछि डिउटीमा लापरवाही गरेको भन्दै कपिलवस्तु अस्पतालको इमर्जेन्सी फाँटका ३ जना कर्मचारी निलम्बनमा परेका हुन्। इमर्जेन्सी फाँटको बेडमा कुकुर सुतेको तस्विरसहित सामाजिक संजालमा भाइरल […]